बलात्कार र महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम सम्पन्न – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

बलात्कार र महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम सम्पन्न

झापा । महिलालाई बलात्कार र हिंसाबाट बच्न झापाको बिर्तामोडमा सुरु भएको आत्मरक्षा सम्वन्धी दुई दिने तालिम सम्पन्न भएको छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षाबारे तालिम दिइएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा सहभागी झापाका १०० जना बालिका, किशोरी तथा युवतीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षणका साथै अन्य धेरै विषयमा चेतना प्राप्त भएको सहभागीले बताएका छन् । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइँएको सितोरियो कराँते–डो झापाका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले बताए ।

तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको थियो । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीले बताए । धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ ।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको बताइएको छ । कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइएको बताइएको छ ।

तालिमलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ । तालिममा अधिवक्ता कोपिला खड्का बस्नेत, कराते तर्फ वरिष्ठ प्रशिक्षक मदन उप्रेती, सार्क स्वर्ण पदक विजेता मिना पाठक उप्रेती, रजत पदक विजेता दुर्गाराज निरौला, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दिपेश निरौला र अर्का प्रशिक्षक अशोक राईले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ आश्विन १५, ०७: ४२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ आश्विन १५, ०७: ४२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ आश्विन १५, ०७: ४२

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...