ब्यवस्थापनमा कमजोरी हुँदा मतदान शुरु भएनः वाहिर नाराबाजी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन

ब्यवस्थापनमा कमजोरी हुँदा मतदान शुरु भएनः वाहिर नाराबाजी



हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत विहीबारबाट हेटौडामा शुरु भएको बागमती प्रदेशको पहिलो अधिवेशन व्यवस्थापनको कमजोरी र लापरवाहीले गर्दा शनिबार बिहान ९ बजेदेखी हुने भनीएको मतदान दिउँसो साडे तीन बजेसम्म हुन सकेको छैन ।


निर्वाचन समितिले प्राविधिक कारण देखाउदैं समय हेरफेर गरेको छ । कुन समयमा मतदान सुरु गर्ने भन्नेमा नै निर्वाचन समिति अन्योलमा रहेको छ। मतदाताको परिचय पत्र बनाई नसकेको, मतपत्र छपाईमा ढिलाई भएको, अधिवेशनका प्रतिनिधिहरुलाई चिया, खाजा र खानाको व्यवस्था गर्ने भनिए पनि अभाव रहेको जस्ता गुनासो गर्दै मुलगेट वाहिर विरोध प्रदर्शन भएको छ ।

प्रदेश राजधानी हेटौंडामा आयोजित प्रदेश अधिवेशनको आयोजना गर्ने जिम्मेवारी पार्टीको मकवानपुर जिल्ला कार्यसमितिले पाएको छ । मुलटगेटमा मतदाताको भीड लागेको छ जसले गर्दा पुर्वपश्चिम राजमार्गसँग मुलगेट जोडिएकोले सवारी साधन आवतजावतमा जटिलता समेत थपिएको छ ।

विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुले प्रतिनिधि परिचय पत्र अझै पाउन नसकेको भन्दै जसका कारण उनीहरु अधिवेशनस्थल जानबाट समेत बञ्चित भएका छन् । अधिवेशनस्थल भित्र जान नपाएकाहरुले विहानको खाजा र खाना समेत खान पाएका छैनन् । परिचय पत्र पाउन वाँकीलाई होटल लोकप्रीय र होटल होसिनमा सम्पर्क गर्न भनिए पनि खानाको व्यवस्था नभएको एक प्रतिनिधिले गुनासो गरे ।


अधिवेशनस्थल जाने गेटमा सभापतिका उम्मेदवार पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान, पार्टीको बागमति प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नुवाकोटका पूर्व जिल्ला सभापति जगदीूश्वर नरसिंह केसीको प्यानललाई जाताऔं भन्ने ब्यानर, तुल र फ्लेक्सबोर्ड राखिएको छ । प्रधान, बानियाँ र केसीका समर्थकहरुले नारा समेत लगाएका छन् ।

बागमति प्रदेशका १३ जिल्लामध्ये आयोजक जिल्ला मकवानपुर, चितवन र सिन्धुपाल्चोकको जिल्ला अधिवेशन भएको छैन । १० जिल्लाका निर्वाचित सभापतिहरुमध्ये केसीको पक्षमा काठमाडौं, धादिङ र दोलखाका जिल्ला सभापतिहरु खुलेर लागेका छन भने । नुवाकोटकै सभापति पनि केसीको पक्षमा उभिएका छन् ।


उता काभ्रेपलञ्चोक, रामेछाप, ललितपुर, भक्तपुर र रसुवाका सभापतिहरु भने बानियाँ नेतृत्वको प्यानलको पक्षमा मत मागिरहेका छन् । पूर्वरक्षामन्त्री प्रधानको पक्षमा भने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरु उभिएका छन् ।

केसीलाई प्रदेशको सभापतिमा जिताउन भन्दै पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, गगनकुमार थापा लगायतका नेताहरु मैदानमा उत्रिएका छन् । निर्वाचन नभएका तीन जिल्लामध्ये मकवानपुरमा सभापतिमा यसअघि संस्थापन पक्षले, चितवनमा पौडेल पक्षले र सिन्धुपाल्चोकमा सिटौला पक्षका सभापतिले जितेका थिए । तीन वटै जिल्लाको जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशन पछि मात्र हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ मंसिर १८, १५: ५२

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ मंसिर १८, १५: ५२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ मंसिर १८, १५: ५२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...