
जनकपुरधाम । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनासँग सम्वन्धित अधुरा आयोजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्न निर्देशन दिनु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यालय जनकपुर र मातहतका खानेपानी कार्यालयका प्रमुखहरुलाई आइतबार निर्देशन दिँदै यस्तो बताउनु भएको हो ।
‘मेरो लक्ष्य र उदेश्य सरकारको नीति तथा कार्याक्रमलाई निर्धारित समयमै सम्पन्न गर्नु हो । कुनै आयोजना निर्माणमा नीतिगत निर्णय वा सहजीकरण र बजेट अभाव भएमा समयमै भन्नु होला’, मन्त्री चौधरीले भन्नु भयो, ‘संघीय सरकारले निर्माण सम्पन्न गर्नु पर्ने आयोजनामध्ये कतिवटाको अवस्था कस्तो छ ? मलाई प्रगति विवरण चाहिन्छ ।’
कुन आयोजना कहिलेसम्ममा सम्पन्न हुन्छन भन्ने विषयमा सम्वन्धित कार्यालयको प्रमुखले क्यालेन्डर बनाएर काम गर्न निर्देशन दिँदै मन्त्री चौधरीले यसै आर्थिक बर्ष भित्र सम्पन्न हुने आयोजनालाई कुनै पनि समस्या वा बहाना बनाएर नलम्ब्याउन निर्देशन दिए । उनले शुद्ध खानेपानी उपभोग गर्न पाउनु प्रत्येक नेपाली नागरिकको मौलिक अधिकार भएकाले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...