नेतृत्व चयन निर्वाचन प्रक्रियाबाटै गर्न कांग्रेस नेतृत्वलाई सुझाव – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

नेतृत्व चयन निर्वाचन प्रक्रियाबाटै गर्न कांग्रेस नेतृत्वलाई सुझाव

महाधिवेशन प्रतिनिधिको एउटै आवाज मनोनित प्रथा हटाऊ

काठमाडौ । नेपाली कांग्रेसका अधिकांस महाधिवेशन प्रतिनिधिहरुले पार्टीको हरेक कार्य समितिको गठन र व्यक्तिको चयन निर्वाचन प्रकयाबाटै गर्न सुझाव दिएका छन् । कांग्रेसले मुलुक संघीय संरचनामा गएपछि सोही बमोजिमको पार्टी संगठनात्मक ढाचा र संरचना बनाउनको लागि पार्टी बिधानमा संशोधन गर्न हरेक प्रदेशमा आयोजना गरेको भेलामा महाधिवेशन प्रतिनिधि र स्थानीय क्षेत्र तथा जिल्लाका नेताहरुले पार्टीलाई यस्तो सुझाव दिएको हो ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गत ७ भदौमा गठीत पार्टीको बिधान संशोधन मस्यौदा समितिले ७ वटा प्रदेशको १२ विभिन्न शहरमा विधान संशोधनको मस्यौदामा सुझाव दिन भेला आयोजना गरिरहेको छ । असोज ८ गते पार्टी सभापति शेरबहादुर देउवाले तीन नम्बर प्रदेशका ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै विधान संशोधनको मस्यौदा सार्वजनिक गरेका थिए ।
दुई दिने सुझाव भेलामा आइतबार दाङ र बीरगञ्जमा सम्पन्न भएको छ ।

दाङमा आयोजित विधान संशोधन मस्यौदा सुझाव भेलाको प्रमुख अतिथि उपसभापति विमलेन्द्र निधि हुन भने बीरगञ्जमा आयोजित सुझाव भेलाका प्रमुख अतिथि बरिष्ठ नेता रामचन्द्र पौडेल थिए ।

इलाम, बिराटनगर, जनकपुर, बीरगञ्ज, धुलीखेल, काठमाडौं र पोखरामा भएको भेलामा धेरै जसो महाधिवेशन प्रतिनिधिहरुले पार्टीको तल्लो निकाय बुथ वा टोल समितिदेखि केन्द्रीय कार्य समिति गठन गर्दा निर्वाचन प्रकृया नै अपनाउन सुझाव दिएका छन् । उनीहरुले बुथ समितिदेखि केन्द्रीय कार्य समिति सभापति समेत निर्वाचित हुनु पर्ने र कार्य समितिमा दुई तिहाई बढी स्थान निर्वाचित नै राख्नु पर्ने सुझाव दिएका छन् । केही भने सबै सबै पदमा निर्वाचितलाई मात्र अवसर दिन सुझाव दिइएको छ ।

पाँच नम्वर प्रदेशका दाङको र भैरहवामा भने मिश्रीत सुझाव आएको छ । केहीले निर्वाचित सभापति र उनैले अधिकांस कार्य समिति पदाधिकारी र सदस्यहरु नियुक्त गर्न पाउने व्यवस्था विधानमा राख्न सुझाव दिएका छन् । सुर्खेत र धनगढीमा आयोजित सुझाव भेलाका सहभागीहरुले भने हरेक तहका सभापति निर्वाचित हुने र उनैले सबै पदाधिकारी र सदस्य मनोनित गर्न पाउने व्यवस्था राख्नु पर्ने सुझाव दिएका छन् ।

मस्यौदा समितिले छलफलका लागि ल्याएको प्रस्तावमा समेत बैकल्पिक प्रस्ताव भन्दै पहिलो प्रस्तावमा सभापति निर्वाचित र उसैले सबै पदाधिकारी र सदस्य नियुक्त गर्न पाउनुपर्ने, दोश्रो बैकल्पिक प्रस्तावमा अधिकांस पद निर्वाचित र केही पदमा मनोनित गर्न पाउने तथा तेश्रो विकल्पमको रुपमा सबै पदको चयन निर्वाचन प्रक्रियाबाटै पूर्णता दिनु पर्ने उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा जनमत कमजोर बनेको कांग्रेसले प्रदेश सभा र प्रतिनिधिसभामा अत्यन्तै कमजोर जनमत पाएपछि पार्टी भित्र र वाहिरबाट समेत नेतृत्वको आलोचना भएको थियो । जनमत कमजोर हुँदै र गुमाउँदै जाँदा पार्टीको बिधानमा समेत पार्टीको तल्लो निकायबाट अनुमोदित हुनुको सट्टामा मनोनित प्रथा र प्रणालीलाई प्राथमिकता दिँदै बिधानको मस्यौदा प्रस्तुत गरिएपछि स्थानीय तह र जिल्लामा क्रियाशिल भएका महाधिवेशन प्रतिनिधि, क्षेत्रिय सभापति र जिल्ला सभापतिहरु समेत निरास भएका छन् ।

मनोनितबाटै पार्टीका हरेक तह र निकायलाई पूर्णता दिने उदेश्यले सभपतिलाई सर्वाधिकार सम्पन्न बनाउने प्रस्ताव बिधान संशोधनको मस्यौदामा आएको छ । बिधान संशोधनको लागि प्रस्ताव गरिएको प्रतिवेदनबाट पेशा, व्यवसाय गर्ने बुद्धिजीवि, यूवा र स्वभिमानी कार्यकर्ताको मनोवल गिरेको छ । सभापति देउवालाई खुसी पार्ने उदेश्यले विधान संशोधन मस्यौदा समितिका सदस्यले सभापतिको हात बलियो बनाउनु पर्ने भन्दै यसतो प्रस्ताव गरिएको बुझिएको छ ।

मस्यौदा समितिकै केही सदस्यहरुले सामूहिक नेतृत्वको अभ्यास असफल भएको भन्दै उनीहरुले शक्तिशाली सभापतिको बनाउने योजनामा यस्तो प्रस्ताव गरेका हुन् । सभापति देउवाले हाल आफूलाई फरक समूहबाट महामन्त्री भएका डा. शसांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव र अन्य निर्वाचित केन्द्रीय सदस्यहरुले काम गर्न नदिएको गुनासो गरिरेहका छन् ।

बिधान बमोजिम सभापतिले मनोनित गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम समेत निर्वाचित केन्द्रीय सदस्यहरु मात्र सम्मिलित केन्द्रीय कार्य समितिबाट अनुमोदन गर्नु पर्ने छ । आफूलाई निर्वाचित केन्द्रीय सदस्यहरुबाट असहयोग हुँदा केन्द्रीय विभागहरु गठन गर्न नसकेको भन्दै देउवाले त्यसका लागि पनि सभापतिलाई शक्तिशाली र उसले चाहे बमोजिमको काम गर्न दिन पनि एकल नेतृत्व तथा बहुमत सदस्यहरु मनोनित गर्न पाउने व्यवस्था गर्न विधानमा प्रस्ताव गरेका छन् ।

पार्टीको केन्द्रीय कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रिय समिति र गाउँ तथा नगर समितिका सभापतिमा धेरै अधिकार भएको र सामूहिक नेतृत्व नहुँदा स्वेच्छाचारी भएको आरोप खेपीरहेको अवस्थामा बिधानको संशोधीत मस्यौदा पनि सोही अनुरुप आएको देखिन्छ । सभापति देउवाले विधान बमोजिम गठन गर्नु पर्ने करिव ४२ वटा समिति, विभाग र निकाय साडे दुई बर्ष बित्न लाग्दा समेत गठन गर्न सकेका छैनन् । उनले आफूलाई काम गर्न नदिएको हरेक निर्णय केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्दा अप्ठ्यारो परेको गुनासो गर्दै आएका छन् ।

कांग्रेसको हालको बिधानमा भने पार्टीका हरेक निकायलाई महाधिवेशन भएको दुई महिना भित्र पूर्णता दिइसक्नु पर्ने भनिएको छ । तर सभापति देउवाले आफूले गठन गरेको विभाग पास गर्न नसकिएला कि भन्ने आशंकाका कारण हरेह निर्णय गर्दा अल्पमत र बहुमतको आधारमा भन्दा सहमतिको आधार निर्णयहरु हुँदै आएका छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ आश्विन १५, ०८: ०५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ आश्विन १५, ०८: ०५

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ आश्विन १५, ०८: ०५

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...