
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ती बालेर काठमाडौं भृकुटीमण्डपमा गरेका छन् । त्यस्तै देउवाले काँग्रेसको एपको पनि उद्धाटन गरेका छन् ।
उद्घाटन सत्रमा पार्टीका शिर्ष नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘पचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगाएतका नेताहरुको उपस्थिति रहेको छ ।
नेकपा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै १ वर्षपछि एउटै मञ्चमा देखिएका हुन् भने नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छ महिनापछि गरेका हुन् ।

काँग्रेस निर्वाचन कार्य तालिकाका अनुसार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु हुने र मतदान आइतबार हुनेछ ।
काँग्रेस संस्थापनइतरले सभापतिमा उम्मेदवारको टुंगो लगाइनसकेको अवस्थामा संस्थापन पक्षले सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...