
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका निवर्तनमान केन्द्रीय सदस्य तथा पार्टीका संस्थापक बीपी कोइरालाका कनिष्ठ पुत्र डा. शशांक कोइराला सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।
कांग्रेसको बिधान बमोजिम ३५ सदस्यीय खुल्ला केन्द्रीय सदस्यको प्रतिष्पर्धामा उत्रिएका डा. कोइरालाले दोश्रो धेरै मत ल्याएका एनपी साउदभन्दा करिव एक हजार मत बढी ल्याएका हुन् ।
दोश्रो लोकप्रीय मत ल्याउने साउद नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् । तेश्रो सर्वाधिक मत ल्याउने बालकृष्ण खाँण शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री हुन् । उनी नेविसंघका नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् ।
यस्तै लोकप्रीय १० नम्वरमा मत ल्याएर विजयी हुने उदय शम्शेर राणा तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थ राज्यमन्त्री हुन् । चर्चित युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडा, पूर्वमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र तरुण दलका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री शंकर भण्डारी पनि विजयी भएका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा विजयी अन्य नेताहरुमा निवर्तमान केन्द्रीय सदस्य जीपछिरिङ लामा र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि लोकप्रीय १० केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै पूर्वउपप्रधानमन्त्री तथा पार्टीका पूर्वउपसभापति यस्तै, गोपालमा श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, पार्टीका निवर्तमान सहमहामन्त्री सुनिलबहादुर थापा, पूर्वसहमहामन्त्री डा. रामशरण महत र कानून मन्त्री दिलेन्द्रप्रसाद बढु पनि विजयी भएका छन् ।
पूर्वसंचार मन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री बलबहादुर केसी, नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई र नेविसंघका चर्चित एवम् लोकप्रीय युवा नेता कुन्दनराज काफ्ले, निवर्तमान केन्द्रीय सदस्यहरु दिपक गिरी र सुरेन्द्रराज पाण्डे र पूर्वमन्त्री पद्मनारायण चौधरी केन्द्रीय सदस्यमा विजयी भए ।
नयाँ अनुहार गुरु बराल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द राज पोखरेल, नेविसंघका अध्यक्ष राजिव ढुंगाना, पूर्वमन्त्री सञ्जय कुमार गौतम, युवा नेता दिनेश कोइराला, पार्टीको ललितपुर जिल्लाका निवर्तमान सभापति मदनबहादुर अमात्य, नेविसंघका पूर्वमहामन्त्री उमेशजंग रायामाझी नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र चर्चित युवा गणेश लामा पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
३५ जना केन्द्रीय सदस्यहरुमध्ये दुई दर्जन बढी पार्टीको संस्थापन पक्षबाट उम्मेदवार बनी बिजयी भएका छन् । सर्वाधिक मत ल्याउने कोइराला भने सभापतिका उम्मेदवार देउवा र डा. शेखर कोइराला दुवैको प्यानलमा परेका थिए ।
संस्थापनइत्तर समूहबाट उम्मेदवारी दिएर निर्वाचित हुने केन्द्रीय सदस्यहरुमा अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बढु, दिपक गिरी, गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला, उमेशजंग रायामाझी र अजयबाबु शिवाकोटी रहेका छन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...