
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमा उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेकोले अब गतिरोध हुने विश्वास व्यक्त गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले बुधबार संसद बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडुले धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरेका हुन् ।
मन्त्री बडुले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा संसदमा छलफलको विषय बनाउन नहुन भन्दै एमालेको ध्यानाकर्षण गराए । कुनै न्यायिक निकायमा, अदालतमा विचाराधीन रहेको मुद्दालाई छलफलमा ल्याउन गलत भएको भन्दै उहाँहरूको ध्यानाकर्षण भएको छ भन्ने विश्वास लागेको बताए । उनले भने, ‘संसदलाई फलदायी बनाउने र उपयोगी बनाउने, संसद र संसदका मार्फत् आफ्ना विषयहरू जनतासमक्ष राख्ने अवसर उहाँहरूले दिनुहुन्छ हाम्रो त्यो विश्वास छ । यसको अपेक्षा, यसको प्रतीक्षा हामी गरिरहेका छौँ ।’
गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...