बीएडमा नेपाल प्रथम भइन सामुदायिक क्याम्पस डिल्लीबजारकी छात्रा रोजी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

बीएडमा नेपाल प्रथम भइन सामुदायिक क्याम्पस डिल्लीबजारकी छात्रा रोजी


काठमाडौं । सरकारले शिक्षाको क्षेत्रमा बर्षेनी अबौैं लगानी गर्ने गर्छ । शिक्षाको क्षेत्रमा राज्यले गरेको लगानीको तुलनामा संख्यात्मक रुपमा बृद्धि भए पनि गुणत्मक बृद्धि नभएको गुनासो आइरहँदा एक सामुदायिक कलेजकी छात्राले नेपालभरका विद्यार्थीमा सर्वोत्कृष्ठ नम्वर ल्याएकी छन्।


सरकारको सहयोग बिना समुदायबाट सञ्चालित राजधानीको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसकी छात्रा रोजी महर्जनले शिक्षा संकायतर्फ स्नातक तहमा सर्बोत्कृष्ठ अङ्क ल्याएर नेपाल प्रथम भएकी छन्।


स्वास्थ्य शारिरीक शिक्षा मूल विषय लिएर अध्ययन गरिरहेकी महर्जनलाई तीन वर्षे बिएडको २०७६ सालमा संचालित अन्तिम परिक्षामा यस्तो सफलता मिलेको हो। राजधानी काठमाडौंका सयौं महङ्गा कलेजको तुलनामा डिल्लीबजार कन्या कलेजको मासिक शुल्क हेर्ने हो भने जो कोहीले पनि पत्याउन सक्ने खालको छैन्।


अग्ला आलिसान महल, फराकिलो चौर र व्यापक बिज्ञापनका साथ भौतिक पूर्वाधार र असख्य जनशक्तिबाट संचालित क्याम्पसलाई डिल्लीबजार कन्या कलेजकी छात्रा महर्जनले प्रथम श्रेणीमा प्रथम भएर चुनौति दिएकी हुन्।


गत साता मात्र त्रिभुवन विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महर्जनलाई सम्मान गरेका थिए । रोजीको सफलतापछिको खुसीयालीमा कलेज परिसरमा विशेष स्वागत कार्यक्रम समेत आयोजना गरेको थियो । क्याम्पस परिवारले उनको सफलताको पदचापलाई पछ्याउन विद्यार्थीहरुलाई आव्हान गर्दै आगामी दिनमा पनि सर्वोत्कृष्ठ नतिजा ल्याउने दाबी गरेको छ ।

क्याम्पस प्रमुख अपराजिता अर्यालले सीमित श्रोत, साधन र जनशक्तिका बाबजुद पनि कलेजले नेपालकै विद्यार्थीहरुमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सक्नु शिक्षक र कलेज व्यवस्थापनको मिहनत रहेको दाबी गरिन् ।


क्याम्पस प्रमुख अर्यालका अनुसार कलेजकै छात्रा नानीछोरी महर्जनले पनि २०६० सालको बीबीएस परिक्षामा नेपालकै प्रथम भएकी थिइन्, त्यस्तै, आएमा सृजना काफ्ले र सृजना खनाल नेपालभरी विद्यार्थीमा प्रथम भएका थिए भने भूषण शर्माले बीएमा नेपालकै प्रथम भएकी थिइन् । यस्तै बीबीएमा अरुण भण्डारी नेपाल टपर भएकी थिइन् ।


२०३७ सालमा समुदायबाट संचालित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले डिल्लीबजार कन्या उच्च माध्यमिक विद्यालय परिषरमा संचालित छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ पुष ९, १८: १२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ पुष ९, १८: १२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ पुष ९, १८: १२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...