कांग्रेसको १३औं महाधिवेशनका केन्द्रीय सदस्यहरु जो उम्मेदवार नै भएनन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कांग्रेसको १३औं महाधिवेशनका केन्द्रीय सदस्यहरु जो उम्मेदवार नै भएनन


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिमा ६० प्रतिशत बढी नयाँ अनुहार आइरहँदा १३औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा रहेका डेढ दर्जन नेताहरु भने प्रतिष्पर्धाबाटै बाहिरिएका छन् । प्रतिष्पर्धाबाट बाहिरिएकाहरुमा केहीले त सक्रिय राजनीतिबाट नै बहिर्गमन हुन खोजेका छन भने केहीले मनोनीत हुने समझदारीमा उम्मेदवारी नै दिएका छैनन् ।


१३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर पराजित भएका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नै दिएनन् । कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कूलबहादुर गुरुङ, पूर्वसांसद दिलबहादुर घर्ती, पूर्वमन्त्री नरहरि आचार्य र सांसद समेत रहेका प्रदिप गिरीले स्वास्थ्यकै कारण पनि उम्मेदावरी दिएनन् ।


गुरुङ उमेर आठ दशक पार गरिसकेका नेता हुन भने गिरीको केही महिनाअघि मात्र भारतमा उपचार भएको थियो । १४औं महाधिवेशनमा बहालवाला केन्द्रीय सदस्य भएर पनि उम्मेदवार नबन्ने नेताहरुमा परराष्ट्र मन्त्री समेत भएका डा. नारायण खड्का, नेतृ रत्न शेरचन, सांसदहरु मिन विश्वकर्मा र अतहर कमाल मुसलमान पनि कुनै पनि पदमा उम्मेदवार भएनन् ।


पार्टीको ट्रेड युनियन विभागको संयोजक समेत रहेका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँ, जंगीलाल राय, किरण गिरी, बाबुराम बस्नेत, हरिप्रसाद न्यौपाने लगायतका केन्द्रीय सदस्यहरुले उम्मेदवारी नै दिएनन् ।


१३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य भएका खुमबहादुर खड्का र नविन्द्रराज जोशीको भने निधन भएको छ । केन्द्रीय सदस्यहरु बालकृष्ण पाण्डेय, अनन्द (गोरख) विष्ट, हसन अन्सारी, गोपालकुमार बस्नेत, मनोहरनारायण श्रेष्ठ, अभिषेकप्रताप शाह, दयाराम पाण्डे, भूमिबहादुर गुरुङले पनि कुनै पनि पदमा उम्मेदवारी दिएनन् ।


कांग्रेसको ९६ जना केन्द्रीय सदस्य १३औं महाधिवेशनपछि आएका थिए भने १४औं महाधिवेशनबाट एक सय ३४ जना केन्द्रिय कार्यसमितिमा आएका छन् ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ पुष ९, १८: २०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ पुष ९, १८: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ पुष ९, १८: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...