काठमाडौं । मानवअधिकारवादी नेता एवम् वामपन्थी नेता पदमरत्न तुलाधरको आईतबार नर्भिक अस्पतालमा निधन भएको छ । मष्तिस्कघात भएका कारण असोज ६ गते अस्पताल भर्ना हुनुभएका तुलाधरको आईतबार अपरान्ह् निधन भएको हो । १२ वर्षे जनयुद्धमा माओवादी र सरकारबीच सहजकर्ताको भूमिका निभाउनु भएका तुलाधर पूर्वमन्त्री समेत हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीरलाई आज बैद्धिक विधि अनुसार सोभाभगवतीमा अन्त्येष्ठी गरिने छ । तुलाधरको निधनप्रति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण लगायत ने.क.पा. पार्टी, काँग्रेस पार्टी तथा अन्य राजनैतिक दलहरुले पनि तुलाधरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...