भारतीय राजदुतमा आचार्यको नाम सिफारिस – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

भारतीय राजदुतमा आचार्यको नाम सिफारिस

मन्त्रिपरिषद्ले छिमेकी भारतसहित तीन मुलुकमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको हो । राजनीतिक विश्लेषक एवम पूर्वमन्त्री आचार्य नेपाल भारत प्रबुद्ध समूहका सदस्यसमेत हुन् । आचार्य २०४७ सालसम्म कम्युनिष्ट नेताको रुपमा चिनिन्थे । उनी बाममोर्चाको तर्फबाटनै २०४७ सालमा विश्वनाथ उपाध्यायको संयोजकत्वमा गठित संविधान मस्यौदा आयोगको सदस्य थिए ।

उनी नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्य भएका थिए । संविधान सभामा मस्यौदा समितिको सभापति समेत भएका आचार्यले तत्कालिन माओवादीका सभासद नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । दुई बर्षअघि तत्कालिन एमाओबादीको समर्थनमा केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले गठन गरेको नेपाल भारत प्रवुद्ध समुहका सदस्यमा नियुक्ति पाएका थिए ।

यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको विषय विवादमा परेपछि सरकारले अहिले आचार्यलाई सिफारिस गरेको हो । भारतको लागि नेपाली राजदूत एक बर्षदेखि रिक्त रहेको छ । भारतका लागि नेपालका तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि गत बर्ष कात्तिकमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।

उपाध्याय कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । सरकारले मलेसियाको राजदूतमा उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतमा कृष्ण ढकालको नाम सिफारिस गरेको छ । उनी परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी हुन् । यस्तै संयुक्त राष्ट्रसंघको जेनेभास्थित नियोग प्रमुखमा दीपक धिताललाई नै निरन्तरता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले सिफारिस गरेको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राजदूत नियुक्ति प्रक्रिया संसदीय समिति हुँदै अघि बढ्छ । यस्तो मलेसियाको राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरिएको छ ।

बैठकले कर्मचारी समायोजन विधेयक स्वीकृतिका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद परिषद् सदस्यमा पीताम्बर तिमल्सिना, सरोज गुरुङ र इन्दिरा निरौलालाई नियुक्त गरेको छ । बैठकले नागरिक लगानी कोषमा रमण नेपाललाई नियुक्त गरेको छ भने नेपाल प्रहरीकी डा. दुर्गा थापालाई एआइजीमा बढुवा गरेको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ कार्तिक २७, ०७: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ कार्तिक २७, ०७: ४६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ कार्तिक २७, ०७: ४६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...