
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सभापतिका प्रत्यासी डा.शेखर कोइरालाले लोकतान्त्रिक पार्टीमा संकिर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरुको लामो योगदानलाई भुलेर पुर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
हिजोदेखि जारी केन्द्रीय कार्य सम्पादन समितिको वैठकमा आज आफ्नो लिखित मन्तव्य राख्दै वरिष्ठ नेता कोइरालाले निष्ठापूर्वक पार्टी विधानको पूर्णपालना गर्नुको विकल्प नभएको बताउँदै विधानत नेतृत्वबिहिन भएका सबै भातृसंस्थाहरुलाई विधान अनुसार अधिवेशनको प्रकियामा यथाशक्य छिटो लैजानु पर्ने भनाई जोडदार रुपमा राखेका छन् ।
फागुन १० गते भित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गर्नुपर्ने तथा कांग्रेसको राजनीतिक आदर्श विपरित अन्य दलसँग अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्ने दावी गरेका छन् ।
एमसीसी परियोजनालाई संसदमा टेबुल गरि निष्र्कषमा पुर्याउनु पर्ने बताउँदै वरिष्ठ नेता कोइरालाले नयाँ क्रियाशील सदस्यता वितरण तत्काल सुरु गरि विवाद भएर थाँती रहेका पुराना क्रियाशील सदस्यताको बिधान अनुसार टुङ्गो लगाउनु पर्ने बताए ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...