जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्नेःशिक्षा मन्त्रालय – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्नेःशिक्षा मन्त्रालय

नयाँ विकल्प,

काठमाडौं – सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उनले बताए । परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो वैशाख ९ देखि २० गतेका लागि तोकिसकेको छ । पालिकाले सञ्चालन गर्ने कक्षा आठलगायत कक्षा १० भन्दा तलका सबै परीक्षा वैशाखमा गरेर वैशाखभित्रै नतिजा प्रकाशन समेत गर्ने, विद्यालयले बनाउने वार्षिक कार्ययोजना वैशाखभित्रै बनाउने र भर्ना तथा पाठ्यपुस्तकसमेत वैशाखभित्रै वितरण गरिसक्ने पनि प्रवक्ता शर्माले बताए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ फाल्गुन ४, २१: ५३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ फाल्गुन ४, २१: ५३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ फाल्गुन ४, २१: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...