कुन रसायनले जोड्यो देउवा र पौडेललाई ?
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक १० दिन लामो छलफल, विवाद, असन्तुष्टी र अन्तिममा नेताहरुको गणितिय व्यवस्थापनमा गएर टुंगिएको छ । महासमिति बैठकको उद्घाटन समारोहको दिनसम्म सभापति देउवा र संस्थापनपक्षको कट्टर विरोधीको रुपमा देखिएका बरिष्ठ नेता रामचन्द्र पौडेल यतिवेला उनै सभापति देउवाको सारथि बनेर यतिवेला डिनरमा रमाएका छन् ।
महासमिति बैठकले पारित गरेको पार्टीको राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वृहत आर्थिक नीति र विधान संशोधन मस्यौदा प्रतिवेदनको विशेषता र उपलब्धीलाई नजरअन्दाज गर्दै कांग्रेसका दुई बयोवृद्ध नेता यतिवेला निकै नजिकिएका देखिन्छन् ।
उद्घाटन समारोहमा समेत सभापति देउवाबिरुद्ध तितो ओकलेको पौडेलले भाषणकै क्रममा पार्टी भित्र न्याय नपाएको र मुल्याङ्कनको पद्धति नवसाएको भन्दै नेतृत्वमाथि प्रहार गरेका थिए । कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दुवै नेतालाई हात उठाएर एकताको सन्देश दिनुस भन्दा समेत पौडेल अर्कोतिर फर्किएका थिए ।
देउवाले हात समाएर उठाउन खोज्दा समेत नमानेका पौडेलको हिमिचिम एक्कासी देउवासँग बढ्नुलाई कांग्रेसका आम कार्यकर्ताले खुसी र उत्साहको रुपमा लिएका छन् । देउवाको पौडेललाई गर्ने व्यवहारमा समेत आमुल परिवर्तन महासमिति बैठकले नै ल्याएको छ ।
उद्घाटन समारोहमा नेता पौडेलको नाम लिँदै देउवाले आफ्नो विरोध जत्ति पनि गर्न पाएको भन्दै आफूलाई गरेजति गाली सत्तारुढ नेकपा र त्यसका अध्यक्ष केपी ओलीलाई गरेको भए हुन्थ्यो नि भनेर झर्किएका थिए । तर, उनै देउवाले महासमिति बैठक समापन समारोहमा रामचन्द्र पौडेलसँग आफ्नो डिप लभ परेको भन्दै खुसीले गद गद हुँदै पोडियममै लामो हाँसो प्रदर्शन गरेका थिए ।
महासमिति बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन एक साता ढिलो भएपछि धेरै ९० प्रतिशत वढी महासमिति सदस्यले प्रतिक्रिया, सुझाव वा आफ्नो विचार प्रकट गर्न पाएनन् । विधानको सैद्धान्तिक, सांगठानिक वा पद्धतिको बिषयमा नभएर पदाधिकारीहरुको संख्या र उनीहरुको निर्वाचन पद्धतिको बिषयलाई लिएर शीर्ष नेताहरुले बिबाद खडा गरेका थिए ।
महासमिति सदस्यहरुको खास चासो नै नभएको पदाधिकारीको सख्या त्यसमा पनि सहमहामन्त्रीको सख्या थपेर केन्द्रीय कार्य समितिका सदस्यलाई खुसी तुल्याउने उदेश्यले विधान संशोधन गरिएको थियो । यो संशोधित विधान महासमिति बैठकको अन्तिम दुई दिन पुस ७ र ८ गते करिव तीन सय महासमिति सदस्यको उपस्थितिमा पारित गरिएको थियो ।
पारित विधानलाई कार्यान्वयन गर्नको लागि महासमिति सदस्यहरुले बैठकमा दिएको सुझावको आधारमा सबै प्रतिवेदनमा सामान्य परिमार्जन गर्नु पर्ने हुन्छ । सोही बमोजिम सभापति देउवाले महासमिति सदस्यहरुले दिएको सुझाव बमोजिम सबै प्रतिवेदनमा संशोधन गर्न पार्टी केन्द्रीय कार्य समिति बैठक बस्ने आश्वासन दिएका थिए ।
तर महासमिति बैठक सकिएको एक साता वितिसक्दा पनि सभपाति देउवाले केन्द्रीय काय समिति बैठक बोलाउनु त परै जाओस भएका केन्द्रीय सदस्यहरुलाई समेत पुसको कठ्याँग्रिने जाडोमा केन्द्रीय प्रतिनिधि भन्दै जिल्लामा खाटाएका छन् । उनले केन्द्रीय सदस्यहरुलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा जिल्ला पठाएको भनिए पनि उनको मकसद भने केन्द्रीय कार्यसमिति बैठकलाई पर सार्ने रणनीति तय भएको बुझिन्छ ।
यसरी उमेर सात दशक कटिसकेका दुई बृद्ध नेता देउवा र पौडेलबीच के कारणले वा के रसायनले एकतामा बाँध्ने काम गर्यो भनेर कांग्रेसका नेतादेखि कार्यकर्तासम्म खुल्दुली मच्चिएको छ । दुई नेताबीचको एकतालाई कांग्रेसका केन्द्रीय तहका नेताहरुले आ आफ्नै तरिकाले बुझ्ने गरेका छन् । ७५ बर्ष उमेर काटेका पौडेल देउवाइत्तरको समूहको सर्वसम्मत नेता छाँट छैन ।
देउवाइत्तरको समूहका नेताहरु डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आफूहरु नै सभापतिको दाबेदार भएको कुरा सार्वजनिक रुपमै बोल्न थालेपछि पौडेल रणभुल्लमा परेका थिए । आफैले नेतृत्व गरेको गुटमा अल्पमतमा पारिएको महसुस गरेका पौडेलले देउवाको शरणमा जानु आफ्नो चाहना नभएर वाध्यता भएको बताउँदै हिँडेका छन् । तर कतिपय नेताले पोडेलले देउवासँग गरेको एकता आवरणात्मक र कस्मेटिक मात्र रहको बताउँछन् ।
स्रोतका अनुसार सभापति देउवाले पौडेललाई आगामी १४ औं महाधिवेशन सभापतिमा सघाउने, चार बर्षपछि हुने आमनिर्वाचनमा प्रधानमन्त्रीको रुपमा अघि सार्ने वा राष्ट्रप्रमुखको रुपमा अघि सार्ने आश्वासन दिएका छन् । तर कतिपयले पौडेललाई देउवाले अहिले नै सभापति नदिने तर १५ महाधिवेशनमा भने सहयोग गर्ने सहमति भएको दाबी गरेका छन् ।
पौडेलले मात्र आफूलाई गुटमा कमजोर महसुस गरेका होइनन् । देउवाले समेत आफूले उत्तराधिकारीको रुपमा अघि सारेका दुई नेता विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई आफूले सहयोग गरेर पनि सरकार वा पार्टीको नेतृत्वमा जान नसक्ने आंकलन गरेका छन् ।
ताक परे तिवारी नत्र गोतामे भने झैं कुनै बेला २०६३ सालमा प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको नेताको रुपमा स्थापित भएका गच्छेदारले संसदीय दलमा देउवालाई टक्कर दिएका थिए ।
दुई बर्षअघि गृह मन्त्री बनाइएका निधिले पनि आईजीपी नियुक्ति प्रकरणमा असहयोग गरेको घटनालाई स्मृतिमा राख्दै देउवाले पौडेललाई अघि सारेका हुन् । गच्छदार र निधि जसलाई आफूले अघि सारे पनि सफलता नपाउने देखेपछि देउवाले पौडेलकै काँधमा बन्दुक पड्काउन सजिलो हुन्छ भन्दै आफ्नो सारथि र सहयोगीको रुपमा पौडेललाई उपयोग गर्न खोजेको बुझिएको छ ।
कांग्रेसको संसदमा न्युन उपस्थिति हुँदा सत्तारुढ नेकपा भित्र विवाद र कलह चर्किदा पनि केह ीगर्न नसकेको र राज्यका हरेक निकायमा हस्तक्षेप गरेकाले त्यसका बिरुद्ध लड्न पनि एकता भएको देखाउनु पौडेलको बाध्यता भएको उनी निकटका नेताहरु बताउँछन् ।
पौडेल देउवाको शरणमा पुगेपछि पौडेललाई नेता मान्दै आएका र देउवाको कोपभाजनमा परेका स्थानीय नेताहरुको भविश्यको सुरक्षा कसले लिन्छ भनेर कांग्रेसमा अन्योलता पनि देखिएका छ । महासमिति बैठक सकिएपछि दिन दिनै सभापति देउवा र पौडेल दिवा र रात्री भोजको आयोजना गरिरहेका छन् ।
उनीहरुले विधानमा पारित भए बमोजिम पार्टीका हरेक संरचना निर्माण र गठन गर्न ठोस निर्णय गर्न सकेको छैन् । सभापति देउवाले विधान बमोजिम प्रदेश सभा, प्रदेश कार्य समिति, प्रदेशसभा निर्वाचन क्षेत्रिय सभा र क्षेत्रिय कार्य समिति तथा सीमा परिवर्तन भएका गाउँ, नगर, उपमहानगर, महानगर, वार्ड कार्य समितिको निर्वाचनको मिति तोक्ने बारेमा केन्द्रीय कार्य समितिबाट निर्णय गराउनु पर्ने हुन्छ ।
त्यस्तै नयाँ विधान बमोजिम टोल कार्य समिति गठन स्थानीय तहको गाउँ वा नगर वडाकार्य समिति गठन भएको दुई महिना भित्र गठन गर्नु पर्ने व्यवस्था छ । तर,त्यस सम्वन्धनमा पार्टीले केन्द्रीय कार्य समितिमार्फत निर्णय गराउनु पर्ने हुन्छ । नयाँ विधान अनुसारका २८ विभाग, अन्य समिति गठनमा समेत सभापति देउवाले कुनै चासो देखाएका छैनन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...