सोनाम ल्होछारको अवसरमा प्रधानमन्त्रीद्वार शुभकामना व्यक्त – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सोनाम ल्होछारको अवसरमा प्रधानमन्त्रीद्वार शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउनुका साथै सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले, ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेका छन् ।’

नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सदभाव र सम्मान रहेको बताए । समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

सरकार समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्य राखेर अघि बढेको छ । यस यात्रामा देशका सबै जातजाती, धर्म सम्प्रदायको योगदान अपेक्षित छ,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘खासगरी हाम्रा साँस्कृतिक पर्वहरु, भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।

यसैबीच, सभामुख कृष्णबहादुर महराले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास महराले व्यक्त गरेका छन् ।

सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तामाङ समुदायमा शुभकामना व्यक्त गरेका छन् । नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएका छन् ।

नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताएका छन् ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७५ माघ २२, ०८: ००

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७५ माघ २२, ०८: ००

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७५ माघ २२, ०८: ००

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...