काँग्रेसका युवा नेता पनि बुथबाट तर्सिए – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

काँग्रेसका युवा नेता पनि बुथबाट तर्सिए

काठमाडौं । नेपाली काँग्रेस सधैँ आन्तरिक विवादमा फस्दै आएको छ । कांग्रेसभित्र एउटा विवाद उब्जिएपछि समाधान हुन नपाई अर्को विवाद देखा पर्दै गएको छ । विवाद बढ्दै गएपछि समाधान गर्नका लागि कांग्रेसले महासमिति बैठक समेत बोलायो । तर महासमिति बैठकमा सर्वसम्मत पारित भएका विषयहरु अहिले कार्य समितिमा विवादित बन्दै आएका छन् ।

उक्त महासमिति बैठकमा पनि अधिकांश केन्द्रीय सदस्यहरु बेखुसी थिए । जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि हुन बुथबाटनै आउनुपर्ने मुद्दा उठाउँदै आएका थिए । उक्त मुद्दा हेटौडा भेलादेखि ककनी भेला हुँदै महासमितमा समेत निकै तहल्का मच्चाएका थिए ।

यसरी तहल्का मच्चिएपछि अधिकांश केन्द्रीय सदस्यहरु समेत झस्किएका थिए । महासमितिको बैठकमा जिल्ला सभापतिहरू र अधिकांश महाधिवेशन प्रतिनिधिहरुको बहुमतका कारण नेताहरूलाई केन्द्रीय समितिबाट उक्त विषय समेटेर विधान पारित गर्ने प्रतिबद्धता नजनाई सुखै भएन । यस्तो प्रतिबद्धता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नै गरिसकेको अवस्थामा अहिले आएर उक्त प्रस्ताव माथि केन्द्रीय समितिमै खेलबाड भएको छ ।

जिल्ला सभापतिहरूले उठाएको अर्को विषय थियो, समानुपमातिकको सूचीमा एकपटक परेकालाई अर्कोपटक अवसर दिन हुँदन भन्ने । जिल्ला सभापतिहरूको यो प्रस्तावले सधैँ समानुपातिकको सूचीमा परिरहने नेताहरूको मनमा ढ्यांग्रो बज्यो । महासमिति सक्दै गर्दा यो विषयलाई समेट्छु नभनेसम्म जिल्ला सभापतिहरूले नदिने भएपछि सभापति र वरिष्ठ नेताले प्रतिवद्धता जनाए । तर त्यो प्रतिवद्धतापछि सभापति निकटका नेताहरू भने यो प्रतिवद्धता कायम नगर्नका लागि लविङमा उत्रिए ।

तल्लो तहबाटै निर्वाचित भएर आउने विषयमा युवा नेता नै डराएको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा प्रष्ट हुन्थ्यो । बैठकमा बाल्ने केही युवा नताहरूले यो विषयलाई नछोइकनै आफ्नो धारणा राखे भने केहीले केन्द्रीय सदस्यहरू तल्लो तहमा जान नहुने धारणा राखे । केन्द्रीय सदस्य गुरुराज घिमिरेले यो विषयलाई प्रवेश नै गराएनन् । ‘केन्द्रीय सदस्यहरू तलैबाट आउने कुरामा युवा नेता पनि डराएको देखियो’, बैठकमा सहभागी एक युवा नेताले भने, ‘गुरुजीले यो विषय प्रवेश नगराउनुको कारण पनि त्यही हो ।

विवादित होइन्छ भनेर मात्र उहाँले बोल्नु भएन ।’ यस्तै चन्द्र भण्डारीले पनि आफू तल्लै तहबाट आउनुपर्ने विषयको विपक्षमा रहेको स्पष्ट पारे । ‘म पनि केन्द्रीय सदस्यहरू तल्लै तहबाट आउनुपर्छ भन्नेको विरोधी हुँ’, उनले भने, ‘तर केन्द्रीय सदस्यले चाहिँ जित्नै सक्दैनन् भन्नेजस्ता धारणा आएका छन् यसले गर्दा तलैबाट आउने व्यवस्था राख्नुहुन्न भन्ने लागेको छ ।’ केन्द्रीय सदस्य तलैबाट आउनुपर्छ भन्ने विषयमा नेता कृष्णप्रसाद सिटौला समूह भने निकै प्रतिवद्ध देखिए ।

बैठकमा नेता सिटौलाले सभापति र वरिष्ठ नेतालाई प्रतिवद्धता नभुल्न आग्रह गरे । डा. शेखर कोइरालले पनि केन्द्रीय सदस्यहरू तलैबाट आउनुपर्ने बताए । यस्तै, सिटौला निकट नेता गगन थापाले पनि कुनै हालतमा जिल्ला सभापतिहरूसँग गरेको प्रतिवद्धता बिर्सन नहुने बताए भने त्यस्तो निर्णय गरे फरक मत लेख्ने धम्की समेत दिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ माघ २८, ०९: १४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ माघ २८, ०९: १४

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ माघ २८, ०९: १४

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...