जनाधिकारकाे रक्षा गर्न काँग्रेस अछामले संगठन बलियाे भएकाे स्थानमा गठबन्धन गर्दैनः नगर सभापति कुँवर – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

जनाधिकारकाे रक्षा गर्न काँग्रेस अछामले संगठन बलियाे भएकाे स्थानमा गठबन्धन गर्दैनः नगर सभापति कुँवर

अछाम । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले औचित्य र आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने निर्णय गरेसंगै केही स्थानीय तहहरु गठबन्धनको तयारी पुरा भएको छ भने केही स्थानमा गठबन्धन नगर्ने निर्णयहरु भएका छन् ।

नेकपा माओवादीको आधार इलाका मानिने रोल्पामा नेपाली काँग्रेसले आफुले भने जति सिट नपाए गठबन्धन नगरि एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो । घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको रिपोर्टलाई मूल्याङ्कन गर्दै गठबन्धन गर्न आवश्यक नरहेको निर्णय गर्दै गठबन्धनमा जानुनै परे आफुले भने जति सिट पाउँनु पर्ने अडान राखेको हो ।

त्यसैगरी सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले सत्ता गठबन्धनको उक्त निर्णय अस्वीकार गरेका छन् । पार्टी ओचित्य र आवश्यकताका आधारमा गठबन्धन गर्न सक्ने निर्णय गरेका कारण नगर तथा गाउँकार्य समितिको बैठकले साँफेबगर नगरपालिका, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेको बताइएको छ ।

काँग्रेस पार्टी विधान र पार्टीको निर्णयलाई आधार मान्दै नेपाली काँग्रेसको संगठन बलियो र पकड क्षेत्रहरुमा गठबन्धन गर्दा काँग्रेसलाई घाटा हुने र फेरी पनि जनताहरुले काँग्रेसको नेतृत्व चाहेका र जनाधिकारको रक्षाका लागि काँग्रेस बलियो रहेको स्थानमा गठबन्धन गर्न नसकिने काँग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले बताए ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७९ बैशाख ४, १३: १०

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ बैशाख ४, १३: १०

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ बैशाख ४, १३: १०

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...