जनाधिकारकाे रक्षा गर्न काँग्रेस अछामले संगठन बलियाे भएकाे स्थानमा गठबन्धन गर्दैनः नगर सभापति कुँवर – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

जनाधिकारकाे रक्षा गर्न काँग्रेस अछामले संगठन बलियाे भएकाे स्थानमा गठबन्धन गर्दैनः नगर सभापति कुँवर

अछाम । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले औचित्य र आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने निर्णय गरेसंगै केही स्थानीय तहहरु गठबन्धनको तयारी पुरा भएको छ भने केही स्थानमा गठबन्धन नगर्ने निर्णयहरु भएका छन् ।

नेकपा माओवादीको आधार इलाका मानिने रोल्पामा नेपाली काँग्रेसले आफुले भने जति सिट नपाए गठबन्धन नगरि एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो । घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको रिपोर्टलाई मूल्याङ्कन गर्दै गठबन्धन गर्न आवश्यक नरहेको निर्णय गर्दै गठबन्धनमा जानुनै परे आफुले भने जति सिट पाउँनु पर्ने अडान राखेको हो ।

त्यसैगरी सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले सत्ता गठबन्धनको उक्त निर्णय अस्वीकार गरेका छन् । पार्टी ओचित्य र आवश्यकताका आधारमा गठबन्धन गर्न सक्ने निर्णय गरेका कारण नगर तथा गाउँकार्य समितिको बैठकले साँफेबगर नगरपालिका, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेको बताइएको छ ।

काँग्रेस पार्टी विधान र पार्टीको निर्णयलाई आधार मान्दै नेपाली काँग्रेसको संगठन बलियो र पकड क्षेत्रहरुमा गठबन्धन गर्दा काँग्रेसलाई घाटा हुने र फेरी पनि जनताहरुले काँग्रेसको नेतृत्व चाहेका र जनाधिकारको रक्षाका लागि काँग्रेस बलियो रहेको स्थानमा गठबन्धन गर्न नसकिने काँग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले बताए ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ बैशाख ४, १३: १०

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ बैशाख ४, १३: १०

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ बैशाख ४, १३: १०

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...