कलाकारहरु भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

कलाकारहरु भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश


नयाँ विकल्प ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित एवम् लोकप्रीय नायक, कलाकार भुवन केसी र रविन्द्र खड्का तथा चलचित्रकी चर्चित नायिका श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको मुखमा ति चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा भुवन केसी उम्मेदवार बन्ने चर्चा थियो ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । अभिनेता भुवन केसी २०७० सालको संविधानसभा निर्वाचनमा औपचारिक रुपमा एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले केसीको नाम फिर्ता लिएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, कलाकार नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । रावत श्वेताका पति हुन् । उनी पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ । रविन्द्र खड्का भने यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए । उनी बारम्बार धुलीखेल नगरपालिकाको मेयरमा उम्मेदवार बन्दै पराजित हुँदै आएका हुन् ।

कलाकार बालेन साह स्वतन्त्र रुपमा र कलाकार मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको तफैबाट काठमाडौंको मेयर पदमा उम्मेदबार बनिरहँदा तीन चर्चित कलाकारको कांग्रेस प्रवेशले महानगरमा कांग्रेसको अवस्था मजबुद हुने आंकलन गरिएको छ ।

सम्बन्धित समाचार

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०७९ बैशाख २०, १३: ०१

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०७९ बैशाख २०, १३: ०१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...

कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
  • २०७९ बैशाख २०, १३: ०१

​​​​​​​ काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...