कांग्रेस चन्द्रागिरि नगरसमितिको २० बुँदे प्रतिवद्धता पत्र – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper
बञ्जीजम्प, प्याराग्लाईडिङदेखि प्रविधिमैत्री नगरको अवधारणा

कांग्रेस चन्द्रागिरि नगरसमितिको २० बुँदे प्रतिवद्धता पत्र

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको काठमाडौं जिल्ला चन्द्रागिरि नगर समितिले २० बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ ।

नगर सामितिले सार्वजनिक गरेको प्रतिवद्दता पत्रमा नगरको डिजिटल प्रोफाईल तयार गर्ने, अनलाईनबाटै काम हुने, सुशासन र उत्पादनमा जोड दिने, प्रविधिमैत्री शिक्षा, गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा, उद्यमशिलतामा जोड दिँदै सफा र वातावरणमैत्री नगरको अवधारणा अघि सारिएको छ ।

सो अवधारणा पत्रमा नगरभित्र सम्भावित स्थनहरु पहिचान गरी बञ्जीजम्प , प्यारालाग्लाइडिङ जस्ता शाहसिक खेलकूद सञ्चालनको व्यवस्था मिलाउने र पदयात्रा मार्गलाई प्राथमिकता दिइने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाकाे मेयरमा निर्वाचित घनश्याम गिरी अहिलेकाे निर्वाचनमा पुनः मेयरमा कांग्रेसकाे तर्फबाट उम्मेदवार भएका छन् ।

‘नगरवासीको अमूल्य मतले ऐतिहासिक चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक नेतृत्व गर्ने सौभाग्य पाउँदा पाँचवर्षमा नगरमा शिक्षा, स्वास्थ्य , खानेपानी, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, प्रविधि, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा महत्वपूणर् कामहरु सम्पन्न भए’ प्रतिवद्धता पत्रमा भनिएको छ ।

काठमाडौँ उपत्यकाकाको सबैभन्दा ठूलो प्रशासनिक इकाइ रहेको नगरपालिका चन्द्रागिरिलाई भविष्यमा मुलककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्ने उत्कट अभिलाशाका साथ उत्पादन रोजगार र वजारीकरण ः प्रविधि युक्त सुशासन भन्ने मूल नाराका साथ उम्मेदवारहरु अघि सारिएको छ ।

सुशासन एवम् सूचना मैत्री नगरको रुपमा स्थानीय सरकारका सबै निकायहरुबाट छिटो, छरितो, चुस्त दुरुस्त र पारदर्शि ढंगबाट प्रविधि युक्त गुणस्तरीय सेवाहरु प्रदान गर्न जीपीएस, जीआईएस प्रणाली मार्फत नगरपालिकाको डिजिटल प्रोफाइल तयार गरी अनलाईनमार्फत घरमै बसेर वडा तथा नगरपालिकाको सेवा लिन सक्ने व्यवस्था मिलाइने बताइएको छ ।

कांग्रेसले नगरपालिकाका गतिविधिका बारेमा आम नगरवासीलाई सूसुचित गराउने र सूचना प्रवाह गर्ने उद्देश्यले सूचना तथा प्रशारण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने योजना अघि सारेको छ ।

यस्तै, उत्पादन प्रवद्र्धन र प्रोत्साहन गर्न नगरवासीको रुचि, इच्छा र क्षमता अनुसारको उत्पादनमूलक तालिम कार्यक्रम सञ्चालन गरिने र नगर स्तरीय व्यवसायिक तालिम केन्द्र स्थापना गरी बेरोजगार हरुलाई रोजगारीको अवसर मिलाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

त्यस्तै, कांग्रेसले कृषि तथा पशुबीमा कार्यक्रम सञ्चालन गरि कार्यान्वयनमा ल्याउने, प्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना गर्ने, स्वरोजगार मुलक व्यवसाय सञ्चालन गर्न चाहने नगरवासीहरुलाई आवश्यक तालिम, अनुदान, समग्री प्रदान गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता जनाएको छ ।

‘बालबालिकाको रुचि र क्षमता अनुसार पठन पाठनका लागि सबै सामूदायिक विद्यालयलाइ उत्कृष्टताको केन्द्र बनाइने, आइसीटी ल्याब स्थापना गर्ने, प्राविधिक विषय सञ्चालन गर्ने, ‘सबै नीतिमा स्वास्थ्य’ भन्ने मान्यताका साथ योजना, कार्यक्रम र बजेट बनाउने, निःशुल्क आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाइने छ’ प्रतिवद्धता पत्रमा भनिएको छ ।

कांग्रेस नगर समितिले चन्द्रागिरि -४ स्थित थानकोटमा सञ्चालित नगर अस्पतालको श्ययालाई विस्तार गर्न १ अर्बको लागतमा अत्याधुनिक सुविधा सम्पन्न प्रसूति अस्पताल निर्माण गरिने, नगरभित्र हरियाली कायम गराउन एक घर एक रुख रोप्ने अभियान सञ्चालन गरिने जनाएको छ ।

नगरपालिका भित्र बसोबास गर्ने वहालवाला तथा निवृत्त उच्च पदस्थ कर्मचारी, प्राध्यापक, शिक्षक स्वास्थ्यकर्मी, इञ्जिनियर, वकिल, पत्रकारलगायत अन्य विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुलाई नगरपालिकाको विकास तथा प्रवद्र्धनमा संलग्न गराइने अवधारणा कांग्रेसले अघि सारेको छ ।

चन्द्रागिरिले नगरपालिका भित्र रहेका कृषकहरुको पहुँचमा आधारित कृषि बजार / एकीकृत स्रोत बजारको स्थापना गरिने, पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न अनुदान तथा सामग्रीहरुको निः शुल्क व्यवस्था मिलाइने र नगरवासीलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ ।

सार्वजानिक स्थल, राजमार्ग र नगरभित्रका सडकमा सिसी क्यामेरा तथा सडक बत्ती जडान गर्ने, छाडा चौपायाहरुको उचित व्यवस्थापन गरिने, चन्द्रागिरि चक्रपथलाई पूणर्ता दिइने, बल्खु खोला करिडोरलाई छिटो सम्पन्न गर्न समन्वय र पहल गरिने तथा खोलाको दायाँवायाँ वृक्षारोपण गरी हरियाली कायम गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ ।

एक घर एक धारा कार्यक्रमलाई कार्यान्वयन गर्न नगरभित्र रहेका खानेपानीका मुहान तथा श्रोतलाई पहिचान गरी एकीकृत खानेपानी योजना सञ्चालन गरिनेदेखि पातले वन, इन्द्रदह, भालेश्वर, मातातीर्थ मच्छेगाउँ, भेराडील पार्क जस्ता स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने कांग्रेसको घोषणा पत्रमा जनाइको छ ।

कलङ्की -नागढुङ्गा -पिपलामोड सडक खण्डको बाटोमा ११ मीटर बाहिरका घरहरुको नगरपालिकाबाट अभिलेखीकरण गरी घरनक्शा पास गरिने र शहरी मार्ग कायम गरिने भन्दै प्रतिवद्धता पत्रमा नगरपालिकाभित्र निस्कने फोहरलाई व्यवस्थित गर्दै फोहरबाट आयआार्जन र रोजगारी सिर्जना गर्ने र ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आयआर्जनको आधार बनाइने नागार्जुन कांग्रेसले अवधारणा अघि बढाएको हो ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ बैशाख २१, १५: ४०

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ बैशाख २१, १५: ४०

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख २१, १५: ४०

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...