
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटको भण्डाफोर गर्न निर्देशन दिएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सबै तहबाट बजेटको विरोध गर्न निर्देशन दिएका हुन् ।
उनले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै भएको र यसले मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नसक्ने अनुचित ढंगले बजेट ल्याएको टिप्पणी गरे ।
ओलीले बजेटलाई जनताको बीचमा भण्डाफोर गरेर असफल बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिए ।
बैठकमा सहभागि एमाले सांसदका अनुसार ओलीले बजेट बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै भण्डाफोर हुने गरी जनताको बीचमा लैजान भनेका हुन् ।
बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई जानकारी दिएका थिए ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...