नेपाल बारको चुनावमा लोकतान्त्रिक समुह अगाडि – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

नेपाल बारको चुनावमा लोकतान्त्रिक समुह अगाडि

काठमाडौं । कानुन व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसनको शनिबार सम्पन्न निर्वाचनबाट सुनिल पोखरेल नेतृत्वको लोकतान्त्रिक समूह विजयी हुने निश्चित जस्तै भएको छ । आफ्नो श्रीसम्पती सार्वजनिक गरेर चुनावमा होमिएका पोखरेल यसभन्दा अघिल्लो कार्यकालमा नेपाल बारको महासचिव भएर लोकप्रियता कमाई सकेका हुन् ।

अन्तराष्ट्रिय कानुनका ज्ञाता र स्वच्छ छवि भएका मिलनसार स्वभाव भएका पोखरेलका अघि सत्तारुढ नेकपाको सहयोग र समर्थनमा अध्यक्षको उम्मेदवार बनेका चण्डेश्वर श्रेष्ठ समुहको प्रगतिशिल समूह फिक्का सावित भएको छ । शनिबार सम्पन्न बारको २५ सदस्यीय कार्य समिति चयनको लागि चुनावमा १० हजार ३ सय १३ जनाले मत हालेका थिए ।

३५ स्थानमा मतदान व्यवस्था थियो । २५ पदमा ६३ जनाको उम्मेदवारी परेको थियो । सबैभन्दा धेरै सर्वोच्च अदालतमा भएको मतदान केन्द्रमा ४८४३ मत खसेको थियो । त्यस्तै, सर्वोच्च बारमा ६४४ मत, उच्च बारमा १६८८ मत, काठमाडौं बारमा १५८० मत, ललितपुर बारमा ५०२ मत, भक्तपुर तथा अन्यबाट नामावली सारिएको केन्द्रमा ४२९ मत खसेको थियो । हाल बारका अध्यक्ष शेरबहादुर केसी पनि प्रजातान्त्रिक समुहबाटै निर्वाचित भएका थिए ।

यस पटकको निर्वाचनमा समेत लोकतान्त्रिक समूहले करिव ७ सिटबाहेक अध्यक्षसहित अधिकांस सीट जित्ने आंकलन गरिएको छ । नेपाल बारको हरेक जसो निर्वाचनमा लोकतान्त्रिक समूहले नै जित हासिल गर्दै आएको छ । २०६२ सालमा प्रगतिशिल समुहका सम्भु थापाले लोकतान्त्रिक समूहका यज्ञमूर्ती बञ्जाडेलाई पराजित गरेका थिए ।

केसीभन्दा अघि वरिष्ठ अधिवक्ता मैनालीले लोकतान्त्रिक समुहका अध्यक्षलाई पराजित गरेका थिए । लोकतान्त्रिक समूहबाट अध्यक्षको उम्मेदवार चयन गर्ने क्रममा पूर्वअध्यक्ष हरिहर दाहालको असन्तुष्टी तथा अध्यक्षमा पूर्वमहासचिव माधव बास्कोटा र डेमोक्रेटिक लयर्स एसोसिएसनका यदुनाथ खनालले समेत आकांक्षा देखाउँदा असन्तुष्टी वाहिर आउने हो कि भन्ने आशंका गरिएको थियो ।

तर असन्तुष्ट लोकतन्त्रबादी कानुन व्यवसायीहरुले सुनिल पोखरेलकै समूहलाई विजयी बनाउन आव्हान गरेका छन् । तीन दिनभित्र मत पेटिका संकलन गरिसकेपछि मत गणना हुने र जम्मा चार दिन भित्रै मत परिणाम आईसक्ने नेपाल बारको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७५ चैत्र १९, १०: २३

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७५ चैत्र १९, १०: २३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७५ चैत्र १९, १०: २३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...