सभापतिलाई निर्णय सच्याउन दबाब – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

सभापतिलाई निर्णय सच्याउन दबाब

काठमाडौं । नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न दुईदिने भेलामा केन्द्रीय समितिले गरेको निर्णयमा केन्द्रीय समिति सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुन नपाउने निर्णयमा गलत भएको र उक्त निर्णय नसचिए विशेष महाधिवेशनसम्म जाने नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवामाथि सो निर्णय सच्याउन दबाब दिएका छन् ।

गत पुसमा सम्पन्न पार्टी महासमिति बैठकले केन्द्रीय समितिका सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुन नपाउने र आफ्नो क्रियाशील सदस्य भएको क्षेत्रबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गरेको थियो । विधान संशोधनका लागि केन्द्रीय समिति बैठकले उक्त निर्णय अनुमोदन गर्नुपर्नेमा उल्टाएको थियो । फागुन १२ गते सम्पन्न केन्द्रीय समिति बैठकले महासमितिको बैठकको उक्त निर्णय उल्टाएको हो ।

बिहीबार सम्पन्न भेलामा ४४ जिल्लाका सभापतिको उपस्थिति रहेको र ११ जिल्लाका सभापतिले भेलाको निर्णयमा समर्थन जनाएको काभ्रे जिल्ला सभापति मधु आचार्यले बताए । आचार्यका अनुसार ‘हामी केन्द्रीय समिति बैठकबाटै निर्णय सच्चियोस् भन्ने चाहन्छौं । त्यसो नभएमा ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्ने र विषेश महाधिवेशनमा जानुको विकल्प छैन । केन्द्रीय समिति बैठक आगामी शनिबार बस्दै छ । कांग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय टोली रहेका छन् ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७५ चैत्र २१, १०: ३७

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७५ चैत्र २१, १०: ३७

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७५ चैत्र २१, १०: ३७

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...