काठमाडौं । शेयर बजार साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १७.६७ अंकले घटेर दुई हजार एक सय ६ दशमलब १६ विन्दुमा रोकिएको छ । आइतबार नेप्से १०.२७ अंकले बढेर दुई हजार एक सय २३ दशमलब ८२ विन्दुमा बन्द भएको थियो ।
शेयरबजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा आज नेप्सेमा दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार नेप्सेमा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।
नेप्सेका अनुसार आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०० रुपैयाँ पुगेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५०.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २० करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...
काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...