सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६७ हजार ५८ जनाले मात्र शेयर पाए – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६७ हजार ५८ जनाले मात्र शेयर पाए

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।

विक्री प्रबन्धकका अनुसार सार्वजनिक निष्कासनमा आएको आईपिओ खरीदका लागि १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । स्थानीयको हैसियतले यस अघिनै शेयर पाएका २३१ जनाको आवेदन पनि अस्वीकृत गरेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यी वाहेक योग्य १४ लाख १२ हजार ४६८ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा सहभागी गराईएको हो । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । शेयर पाउने आवेदकहरूमध्य ६ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको सहित कम्पनीले सर्वसाधारणमा कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ वितरण गरेको छ । सर्वसाधारणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी वितरण गरिएको हो । सर्वसाधारणमा वितरण भएको कुल कित्ता आईपीओमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ ।

सम्बन्धित समाचार

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७९ श्रावण २४, १२: २१

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७९ श्रावण २४, १२: २१

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...

संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
  • २०७९ श्रावण २४, १२: २१

रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...