काठमाडौं महानगरले नर्भिकको टहरा भत्काउने – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

काठमाडौं महानगरले नर्भिकको टहरा भत्काउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएको छ ।

महानगरको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । नियम विपरीत अनधिकृत रूपमा बनाएका टहरा साढे २ बजे भत्काइने सापकोटाले बताए ।

महानगर सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १(८(१(८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ ।

तर अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने बताएको छ ।

सम्बन्धित समाचार

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७९ श्रावण २४, १३: १८

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७९ श्रावण २४, १३: १८

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...

संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
  • २०७९ श्रावण २४, १३: १८

रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...