आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ मा प्रत्यक्ष उम्मेदवारी दर्ता – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ मा प्रत्यक्ष उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ ।

सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

जसअनुसार असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय दिइएको छ । असोज ११ मै निर्वाचन अधिकृतहरू नियुक्त गरिने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने कार्यतालिका छ ।

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ ।

समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ । असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ । निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

आयोगले यो कार्यतालिका सार्वजनिक भने नगर्ने उनले बताए । ‘समयवद्ध काम गर्न आयोगले बनाएको यो आन्तरिक कार्यतालिका हो। हामी समानुपातिकतर्फको कार्यतालिका भने राजपत्रमा प्रकाशित गरेर सार्वजनिक गर्छौं,’ उनले भने ।

आयोगले बनाएको कार्यतालिकामा पछि केही हेरफेर पनि गर्न सकिने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७९ श्रावण २४, १४: ००

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७९ श्रावण २४, १४: ००

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...

संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
  • २०७९ श्रावण २४, १४: ००

रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...