काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
आज दिउँसो उनीहरु बालुवाटार पुगेको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् । आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव आज बालुवाटार गएका हुन् । समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मंसिर ४ को चुनावमा जान चाहेको छ ।
‘चुनावी गठबन्धन लगायतबारे पनि कुरा हुन्छ,’ उनले भने । बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन् भने महिन्द्र सर्लाहीमा चुनाव लड्ने तयारीमा छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...
काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...