
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।
उम्मेदवारले केसीलाई नियुक्त गरेको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन् । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...