राप्रपाले आन्दोलन गर्ने घोषणा गर्दा सरकारले वार्तामा बोलायो – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

राप्रपाले आन्दोलन गर्ने घोषणा गर्दा सरकारले वार्तामा बोलायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न बैठक र छलफल चलाउन थालेपछि सरकारले वार्ताको लागि बोलाएको छ । राप्रपाका अध्यक्ष कमल थापाले जनसंघर्षको तयारीको लागि पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङलाई जनसंघर्ष परिचालन समितिको संयोजक तोकेका थिए ।

हिन्दु राष्ट्र घोषणा र संवैधानिक राजतन्त्रको माग गर्दै आएको राप्रपालाई मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको आव्हान गरेका थिए ।

ओलीले वार्ताको लागि आउन राप्रपालाई पत्राचार गर्नासाथ राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङलाई वार्ता टोलीको संयोजक तोकेका थिए । बुद्धिमानसँग वार्ता गर्न सरकारले पनि कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई वार्ता संयोजकको जिम्मेवारी तोकेका थिए ।

प्रधानमन्त्री ओलीले पृथक्तावादी आन्दोलन गरिरहेको सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग ११ बुँदे सम्झौता गरेर राजनीतिक आन्दोलन गरेको दाबी गर्ने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई प्रतिवन्ध लगाएपछि सरकारको आलोचना हुँदै आएको थियो । राप्रपाले दुई साता अघि गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौलाई घाईते बनाएको भन्दै सरकारको चर्को विरोध गरेको थियो ।

यता तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हालै बसेको केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकले आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धमा सुझाव लिएको थियो । बैठकमा सहभागिहरुले जनसंघर्षका आगामी कार्यक्रमहरु भव्य एवं प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका २२ बुँदे माग अघि सारेर गत फागुन ७ गतेदेखि राप्रपा शान्तिपूर्ण आन्दोलनमा उत्रीएको छ । राप्रपाले एकातिर सरकारसँग वार्ता गरेपनि भित्र भित्रै आन्दोलनको तयारी गरिरहेको छ । कमल थापा नेतृत्वको राप्रपामा बरिष्ठ नेताको जिम्मेवारी पाएपछि दीपक बोहरालाई आन्दोलनको अग्र मोर्चामा खटाइरहेको छ । बोहोरा यसअघि राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष थिए ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७६ बैशाख १६, ०८: ४९

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ बैशाख १६, ०८: ४९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७६ बैशाख १६, ०८: ४९

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...