
काठमाडौं । लामो समयदेखि लामोसाँघु–तामाकोशी–जिरी सडक खण्डको बाटो बन्न नसक्दा यात्रीहरुले सास्ती खेप्नु परिरहेको छ । हिउँदको समयमा भन्दा वर्षायामको समयमा बढी समस्या भएको कारणले गर्दा झन् यात्रीहरु मारमा पर्ने गरेका छन् ।
यही विषयलाई लिएर लामोसाँघु–चरिकोट सडक खण्ड ३ दिनभित्र मर्मत गरेर सजिलै गाडी चल्ने बनाउन लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाले निर्माण व्यवसायीलाई आज आइतबार सूचना प्रकाशित गरेर ३ दिनभित्र कार्यक्षेत्रमा प्रत्यक्ष उपस्थित भइ ठेक्का सम्झौता अनुसार सजिलै गाडी गुड्ने गरी सडक मर्मत गर्न निर्देशन दिएको छ ।
ठेकेदारले ३ दिनभित्र कार्यक्षेत्रमा गएर काम नगरेमा आयोजनाले नै ठेकेदारको सामग्री प्रयोग गरेर सडक मर्मत गर्ने र अपुग सामग्रीको रकम पनि ठेकेदारबाटै असुल गरेर कम्पनीलाई कारबाही गर्ने आयोजनाले जानकारी दिएको छ । सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोड्ने आयोजनाले चेतावनी दिएको छ ।
यस्तै कार्य सम्पादन जमानत तथा धरौटी रकम जफत गर्नुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिने लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाले बताएको छ । जिरो किलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले पाएको छ । यसैगरी २५ किलोटिमरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएको छ ।
सिन्धुपाल्चोकको खाँडीचौरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्मको ७५ किलोमिटर सडक स्तरोन्नति गर्ने काम २०१५ बाट सुरु भएपनि वर्षासँगै सडक हिल्लाम्मे हुँदा चरिकोट–काठमाडांै यात्रा गर्नको लागि निकै सास्ती खेपिरहनु परेको अवस्था छ ।
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...