
काठमाडौं । गृहसचिव प्रेमकुमार राईले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा बनेको विधेयकमाथिको छलफलका क्रममा बसेको राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा प्रबन्ध सरकारले मिलाईदिने तर नाफा निजी क्षेत्रले मात्र लिने गरेको भन्दै सुरक्षा दिएबापत राज्यले निजी क्षेत्रका उद्योग र आयोजनाहरुबाट सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका छन् ।
विधेयकको दफा ३ मा रहेको नेपाल प्रहरीको काम, कर्तव्य र अधिकारको व्यवस्थामाथिको छलफलमा सचिव राईले नागरिकको प्रत्यक्ष सरोकार रहने ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीको आवश्यकता नहुने उनको भनाई रहेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकका अधिकार जोडिएका हरेक क्षेत्रमा नेपाल प्रहरीको सहभागिता अनिवार्य हुनुपर्ने बताए । विशिष्ट व्यक्ति र निजी क्षेत्रका उद्योग तथा सुरक्षाको निश्चित मापदण्ड र निर्देशिकाको आवश्यकता रहेको बताए ।
सांसदहरुले सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई नदिने गरी क्षेत्राधिकार कटौतीको प्रस्ताव गरेका छन् । सांसदहरु जनार्दन शर्मा, दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाललगायतले नेपाल प्रहरीलाई अपराध र अनुसन्धानको अधिकारमात्र दिनुपर्ने प्रस्ताव गरेका छन् । नेपाल प्रहरीलाई विभिन्न आयोजना, नियोग तथा प्रतिष्ठान, विमानस्थल र राजमार्गको सुरक्षाको जिम्मा सशस्त्रलाई दिएर नेपाल प्रहरीलाई अपराध र अनुसन्धानको अधिकारमात्रै दिनुपर्ने बताए ।
केही सांसदहरुले भने विमानस्थल, कारागार जस्ता निकायको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई दिन उपयुक्त हुने धारणा रहेको छ । प्रस्तावित विधेयकमा नेपाल सरकारले तोकेका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, विमानस्थल, राष्ट्रिय राजमार्ग र कूटनीतिक नियोगको सुरक्षा गर्ने अधिकार नेपाल प्रहरीलाई दिने उल्लेख छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...