खाली भएका ५० स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुने – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

खाली भएका ५० स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुने

काठमाडौं । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले रिक्त पदमा आगामी मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ३६ जिल्लाका ५० स्थानमा सोही मितिमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगको वर्तमान नेतृत्व लामो समय नेपाल सरकारका प्रशासकका रुपमा काम गरिसकेका पूर्व सचिव दिनेश कुमार थपलियाले पद वाहाल समालेपछि पहिलो निर्णयलाई सरकारले मन्त्री परिषद्बाट पारित गरी पठाएको हो ।

आगामी मंसिर १४ गते प्रतिनिधि सभा सदस्यको एक, प्रदेश सभा सदस्यको तीन, नगरपालाका प्रमुखको एक, गाउँपालिका अध्यक्षको तीन, गाउँपालिका उपाध्यक्षको एक र वडाध्यक्ष ४१ जनाको लागि निर्वाचन हुँदैछ । गण्डकी प्रदेशको काश्की क्षेत्र नं दुईबाट निर्वाचित सांसद तथा तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्ट दुर्घटनामा निधन भएपछि सो स्थान रिक्त थियो ।

त्यसैगरी प्रदेश ३ को भक्तपुरका हरिशरण लामिछाने, गण्डकी प्रदेशको बागलुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधन भएपछि ती स्थान रिक्त भएका थिए । अधिकारी, लामिछाने, घर्ती र वली चारै जना प्रत्यक्षबाट निर्वाचित सांसद थिए ।

स्थानीय तहतर्फ भने धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको, पाँचथरको फाल्गुनन्दा गाउँपालिकाको अध्यक्ष अम्वर कुमार नेम्वाङको, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष बिनोद चौधरी तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमालको निधन भएपछि ति स्थान रिक्त थिए ।

स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति सदस्यहरु गरी नौं सय बढीको स्थान रिक्त भए पनि उप निर्वाचन गर्ने कानूनी प्रावधान छैन ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुनअनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो । दलहरूसँगको परामर्शपछि आयोगको टोलीले सरकारलाई उपनिर्वाचन गर्न सकिने मिति प्रस्ताव गरेको थियो । कानुनअनुसार स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्ने व्यवस्था छ । आयोगले सोही व्यवस्थाबमोजिम नै निर्वाचनबारे सरकारलाई सुझाएको हो ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ श्रावण २३, ०८: २१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ श्रावण २३, ०८: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ श्रावण २३, ०८: २१

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...