
काठमाडौं । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका भारतीय परराष्ट्र सचिव विनय क्वात्राले नेपाललाई अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, रेलमार्ग कनेक्टिभिटीमा सहयोग गर्न भारत सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्राले गतवष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा जोड दिएका हुन् ।
रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउन, रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउने विषयलाई विदेश सचिव क्वात्राले प्राथमिकतामा राखेर सहयोग गर्ने जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौडेल, परराष्ट्र सचिव भरतराज पौडेल लगायतका उच्च पदस्त सरकारी अधिकारीहरुसँगको भेटमा भारतीय विदेश सचिव क्वात्राले ऊर्जा सहकार्यमा जोड दिँदै नेपालबाट उत्पादित चार सय ५२ दशमलव ६ मेगावाट विद्युत भारततर्फ निर्यात भइरहेको जानकारी गराए ।
नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरेको थियो । भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेको थियो ।
सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाएका छन् ।
दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका सन्दर्भमा भारतले यो वर्ष आफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्रयाकमा सहभागीताका लागि नेपाललाई निमन्त्रणा दिएको छ । त्यसका लागि नेपाली पक्षले भारतीय पक्षको प्रशंसा गरेको छ । नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शिघ्र अनुमोदनका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।
परराष्ट्र सचिव क्वात्राले सोमबार नै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरी राजनीतिक दलका नेताहरुसँगको भेटमा विदेश सचिव क्वात्राले जनता– जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको जगमा उभिएको निकट साझेदारी रहेको बताए ।
दुई परराष्ट्र सचिवबीच सोमबार बिहान सम्पन्न वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...