चीनमा पढेका र एमसीसी बिरोधीलाई प्रचण्डले किन सल्लाहकारमा नियुक्त गरे? – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नीपुत्र र जनसम्पर्क सल्लाहकारमा आचार्य

चीनमा पढेका र एमसीसी बिरोधीलाई प्रचण्डले किन सल्लाहकारमा नियुक्त गरे?

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा र जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्यलाई नियुक्त गरेका छन्।

परराष्ट्र सल्लाहकारमा नियुक्त सापकोटा प्रतिनिधि सभाका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन्। चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका सापकोटा तत्कालिन केपी शर्मा ओली २०७४मा प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

प्रशासन तथा जनसम्पर्क सलाहकारमा नियुक्त भएका रामदीप आचार्य माओबादी केन्द्रका केन्द्रीय सदस्य हुन भने अनेरास्ववियू क्रान्तिकारका पूर्वउपाध्यक्ष हुन् । आचार्य समाजबाद अध्ययन प्रतिष्ठानको अध्यक्ष समेत हुन् । उनी अमेरिकी सहयोग परियोजना एमसीसीको कट्टर बिरोधी हुन् । उनले एमसीसी लागू भएमा नेपालको सविधान समेत काम नलाग्ने र राष्ट्रिय स्वाधिनतामा अमेरिकाले नेपालमाथि हस्तक्षेत्र गर्ने भन्र्द सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।

को हुन डा रुपक सापकोटा ?

नेपालको निवर्तमान सांसद अग्नीप्रसाद सापकोटाका पुत्र हुन । डा रुपक सापकोटा अन्तराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित छन् । उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गरादै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनिति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेको छ ।

डा सापकोटाले सन् २०१९, नोभेम्बरदेखि ०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपुर्ण थिकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

डा सापकोटाले भुराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुपै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरु पनि प्रकाशित भएका छन् ।

डा सापकोटाले सन् २०१८मा चीनको बेइजिङ स्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्र्तराष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए । डा।सापकोटामा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रुपमा पनि काम गरेको अनुभव रहेको छ । डा।सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन ९, १४: ०२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०७९ फाल्गुन ९, १४: ०२

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७९ फाल्गुन ९, १४: ०२

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...