राष्ट्रपतिले देउवाको भाषण बुझिएन भनेपछि – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

राष्ट्रपतिले देउवाको भाषण बुझिएन भनेपछि

राष्ट्रपति सामुन्ने देउवाले भने–कांग्रेसलाई हेप्ने ?

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भाषण नबुझिएको भन्दै सार्वजनिक मञ्चबाटै अभिव्यक्ति दिएकी छन् । राष्ट्रपति भण्डारीले कांग्रेस सभापति समेत रहेका देउवाको भाषण नबुझिएको भन्दै खितिति… हाँसेर अपमान समेत गरेकी थिइन् ।

पूर्वरक्षा मन्त्री तथा कांग्रेस सांसद भिमसेनदास प्रधान अध्यक्ष रहेको गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार औपचारिक कार्यक्रममार्फत पूर्वप्रधानमन्त्री शुशील कोइरालालाई मरणोपरान्त गणेशमान सिंह स्वर्ण पदकबाट विभूषण एवम् अभिनन्दन गर्ने कार्यक्रममा प्रमुख अतिथि बनाइएकी राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको मन्तव्य नबुझेको भन्दै हाँसेकी थिइन ।

पञ्चायतकालमा व्यवस्थाको बिरोध गरेको आरोपमा हिरासतमा लिएकै बेला सभापति देउवालाई जिब्रोमा करेण्ट लगाइएको थियो । सभापति देउवाको भाषण नबुझिने हुनुको कारण उनको भाष्य समस्या होइन । देउवाको अभिव्यक्ति जिब्रोमा भएको समस्याका कारण केही अस्पस्ट हुने गरेको थाहा हुँदा हुँदै देउवाको बोलीलाई नै होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति भण्डारीको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

राष्ट्रपति भण्डारीले देउवाको भाषण नबुझ्नुको कारण भने राष्ट्रिय सभा गृहको हलमा जडान भएको माईक सिस्टम भएको बताईन । तर, चार वर्षअघि सार्क शिखर सम्मेलन समेत भएको सो हलको साउण्ड सिस्टमका कुनै कमजोरी थिएन । राष्ट्रपति भण्डारीले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई संवोधन गर्नुअघि देउवाले सरकारको कटु आलोचना गरेका थिए ।

उनले संविधान कार्यान्वयनमा सरकारले उदासिनता देखाएको र संविधानको भावना र मर्म विपरित कार्य गरेको भनी आलोचना गर्दा मन नपरेपछि भण्डारीले यस्तो अभिव्यक्ति दिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीकै सामुन्ने सरकारले प्रतिपक्षको हैसियतमा रहेको नेपाली कांग्रेसलाई हेप्ने गरेको गुनासो सभापति देउवाले गरेका गरे ।

देउवाले भने, ‘कांग्रेसलाई हेप्ने ?’ दुई तिहाई बहुमतको सरकारले संविधानको रक्षा नगरी संवैधानिक अंगमाथि हस्तक्षेप बढाएको, कर्मचारी र प्रहरी प्रशासनलाई कार्यकर्ताको व्यवहार गरेको भन्दै देउवाले सबै संवैधानिक अंगलाई स्वतन्त्र रुपमा काम गर्न दिनु पर्ने जनाए ।

देउवाले सरकारलाई आफूहरुले सहयोग गर्न चाहेको, संविधानको कार्यान्वयन गरोस भन्ने कामना गरेको तर कांग्रेसको सहयोगलाई सरकारले कमजोरी ठानेको गुनासो गरे । उनले भने ‘के हामीले रेलिङ र कुर्सी भाँचेका छैनौं भनेर हेपेको हो ? हामीलाई हेप्ने ?’ पूर्वप्रधानमन्त्री देउवाले आफ्नै मन्त्रीप्रति विश्वास नगर्ने प्रधानमन्त्रीले देश चलाउन नसक्ने दाबी गरे ।

प्रधानमन्त्रीले सबै आधिकार आफैले लिएको भन्दै देउवाले ‘जसलाई आफ्नै मन्त्रीप्रति विश्वास छैन भने उसले देश कसरी चलाउँछ ?’ भनी प्रश्न गरे । दुई तिहाईको सरकार छ भन्दैमा संविधान विपरित विधेयक ल्याएकमा प्रजातन्त्रकोलागि ७ सालदेखि लड्दै आउको कांग्रेस चुप लागेर नबस्ने देउवाले चेतावनी दिए ।

देउवाले प्रहरी र कर्मचारीलाई पार्टीप्रति प्रतिवद्ध बनाउन सरकारले प्रयास गरेको भन्दै ति प्रहरी र कर्मचारीलाई जनताले तिरेको करबाट तलव खाएको यथार्थतालाई नविर्सिन चेतावनी दिए । उनले भने, ‘कर्मचारी र जुडिसियरीलाई पार्टीको बनाउन पाइन्छ ?’ संविधान सफलताको महत्वपूर्ण आधार भनेको संविधानको कार्यान्वयन नै भएको दाबी गर्दै देउवाले सरकारले संविधान कार्यान्वयन भन्दा संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक अधिकार र स्वतन्त्रतालाई हस्तक्षेप गरेको आरोप लगाए ।

उनले मानवअधिकार आयोग र मिडिया क्षेत्र संसारभरी स्वतन्त्र हुने भन्दै नेपाली जनताले बोल्न र लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए । यसअघि, प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा देउवाले प्रतिनिधिसभाको बैठकमा सत्ताको आडमा विपक्षी दलका नेता र कार्यकर्तामाथि सत्तापक्षले बारम्बार आक्रमण गरेर राज्य आतंक मच्चाइरहेको आरोप लगाएका थिए ।

संघीय संसदको चौथो अधिवेशनको अन्तिम बैठकलाई बिहीबार प्रतिनिधिसभाको बैठकमा संवोधन गर्दै देउवाले प्रजातन्त्रको लागि फेरि आन्दोलन गर्नु पर्ने अवस्था आए स्थिति गम्भिर हुने चेतावनी दिए । उनले कांग्रेसको जागरण अभियानको क्रममा वाँकेको खजुरामा पार्टी नेता जिल्ला सभापति ७० बर्षिय श्रीमती किरण कोइराला असुरक्षीत रहेको अवस्थामा ‘यहाँ को सुरक्षीत छ ?’ भनी प्रश्न गरे ।

देउवाले जनताले दिएको करबाट तलव खाने र सुविधा लिने प्रहरी प्रशासनले पार्टी कार्यकर्ताको रुपमा व्यवहार देखाएमा स्वीकार्य नहुने बताए । उनले सरकारको व्यवहार परिवर्तन नभएमा संसदमा धेरै पटक रोष्टम बन्द हुने चेतानी दिए । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण र सन्तुलनको व्यवस्था गरेको छ ।

तर, सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्ने, व्यवस्थापिकालाई आफ्नो खेलौना बनाउने प्रयत्नमा रहेको देउवाको आरोप थियो । संवैधानिक व्यवस्थाअनुसार सबै सवैधानिक निकायहरु स्वतन्त्र हुनु पर्ने छ । तर, सरकार राष्ट्रिय मानवअधिकार आयोग जस्तो निष्पक्ष र स्वतन्त्र हुनु पर्ने निकायमाथि सरकारले नियन्त्रण गर्नमा लागेको उनको आरोप थियो ।

‘प्रधानमन्त्रीले भ्रष्टाचारमा शुन्यसहनशीलता अपनाउने भनेपनि नेपालको इतिहासमा सबैभन्दा भ्रष्टाचारको घटना यही डेड बर्षको अवधीमा भएको छ । वाइडबडी, न्यारो बडी जहाज प्रकरण, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण यस्ता उदाहरुण हो’, देउवाले भने । उनले सम्पूर्ण राज्य संरचनालाई भ्रष्टीकरण गर्ने काम भएको आरोप लगाए ।

संविधानलाई सुदृढ गर्ने कानून बनाउनुको सट्टामा एक पछि अर्को विबादित विधेयक ल्याउने काम गरेको दाबी गरे । उनले जनतालाई राहतको सट्टामा आहात पाएको, चौतर्फी कर बृद्धि हुँदा जनता पीडित भएको, बेरोजगारी भयाभह भएको दाबी गर्दै प्रश्न गरे ‘प्रधानमन्त्रीलाई सोध्न चाहन्छु ? बजार भाउ थाहा छ ?’

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७६ आश्विन ६, ०६: २०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७६ आश्विन ६, ०६: २०

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ आश्विन ६, ०६: २०

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...