
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभपाति तथा पूर्वप्रधानमन्त्री शुशील कोइरालाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि निस्वार्थ भावले योगदान गरेको मुलुकको विशिष्ट व्यक्तिहरुले जनाएका छन् ।
निस्कलंक, स्वच्छ र पारदर्शी जीवन शैली अपनाएका पूर्वप्रधानमन्त्री कोइरालाले राजनीतिको नाममा धनसम्पति जोड्ने कार्यमा कहिल्यै काम नगरेको र सादगी जीवन शैली अपनाएको भन्दै मुलुकप्रतिको निस्वार्थ भावनाकै कारण कसैको प्रभाव र दबाबमा नपरी संविधान निर्माणको चुनौतिलाई सामना गरेको बताए ।
गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता पूर्वप्रधानमन्त्री शुशील कोइराला मरणोप्रान्त गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदकले विभूषण गरिनु राजनीतिमामा नैतिकताको पाठ सिकाएको बताए ।
कांग्रेसका पूर्वसभापति समेत रहेका शुशिल कोइराला सरल, सहज, सादगी,
निस्वार्थी, उत्तरदायि र कर्तब्यनिष्ट नेता रहेको भन्दै प्रधानमन्त्री हुँदा समेत सत्तालाई भन्दा संविधान निर्माणलाई सबैभन्दा पहिलो प्राथमिकता दिएको बताए ।
‘सुशीलदाको पारदर्शी र सम्पति आर्जनमा लोभ लालचा नदेखाउने जीवन शैली र आचरणलाई आजका दिनमा नेपालका राजनीतिज्ञले अनुशरण गर्न सक्नु पर्छ’, सिटौलाले भने, ‘संविधान जारी गरेर प्रधानमन्त्रीबाट राजिनामा दिएपछि उपचारको लागि अमेरिका लैजान मैले मनाउन सकिन ।’
संविधान जारी भएपछि तत्कालिन पार्टी महामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीबाट राजिनामा दिए पछि पुन प्रधानमन्त्रीमा उम्मेदवार नबन्न आग्रह गरेका थिए ।
उनले स्वास्थ्य परिक्षण गरी आराम गर्न र सहमतिय राजनीतिलाई अघि बढाउनु पर्छ भन्ने धारणा सिटौलाले राखेका थिए । ट्याकसी दुर्घटनामा परेर स्वास्थ्य परिक्षण गर्दा क्यान्सर लागेको थाहा पाए पछि तत्कालिन मन्त्रीपरिषदमा आफूले राखेको प्रस्ताव तत्कालिन मन्त्रिपरिषद्का सदस्य केपी शर्मा ओलीले समर्थन जनाएर सरकारको सम्पूर्ण खर्चमा अमेरिकामा उपचार गर्न पठाइएको घटना सिटौलाले सुनाए ।
संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले बहुलबादमा आधारित समाजबाद संविधानमै उल्लेख भएको विषयलाई शंका नगर्न आग्रह गर्दै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले सरकारमा बसेर संविधान निर्माणको लागि पूर्ण सहयोग गरेको जनाए । नेम्वाङले पहिलो संविधान सभामा संविधान मस्यौदा समितिका संयोजकले प्रतिवेदन नै नबुझाएको भन्दै कृष्णप्रसाद सिटौला दोश्रो संविधान सभामा मस्यौदा समितिको संयोजक भए पछि मस्यौदा नल्याएको भए संविधान बन्ने कल्पना गर्न पनि नसक्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष भिमसेनदास प्रधानले कांग्रेस र कम्युनिष्ट पार्टीबीचको सहमति, सहकार्य र एकताबाट मात्र संविधानको पूर्ण कार्यान्वयन गर्न सकिने बताए । उनले बीपी, पुष्पलाल, गणेशमान, मनमोहन जस्ता नेतालाई पार्टी विशेषको नेताभन्दा देशको नेताको रुपमा मान्नु पर्ने बताए । प्रधानले प्रत्येक बर्ष असोज ३ गतेलाई शुशील कोइरालाको जन्मजयन्तिको रुपमा मनाइने बताए । उनले कोइारलाको जन्म दिन कुन हो भन्ने विषयमा स्पस्ट नभएको ले असोज ३ गतेलाई नै उनको जन्म दिन मनाउने बताए ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...