काठमाडौं । दुई तिहाई बहुमतको नेकपाको सरकारप्रति पेशाकर्मी र व्यवसायीहरुको अविश्वास र वितृष्णा यति बढ्न थालेको छ कि सत्तपक्षप्रति नजिकको सम्वन्ध राख्नेहरु एक पछि अर्को गरी लज्जास्पद पराजय बेहोर्न वाध्य भएका छन् ।
बैदेशीक रोजगार व्यवसायीहरुको साझा संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपालको नाम विश्वमा चम्काउन सफल क्रिकेट संघको निर्वाचनमा सत्तारुढ दल निकटका एक जनाले पनि विजय हासिल गर्न नसक्नुलाई सरकारको अलोकप्रियताको नमुनाको रुपमा लिइएको छ । दुवै संगठनमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहको तर्फबाट उम्मेदवारी दिने सबैले विजयी भएर सरकारलाई नमिठो धक्का दिएका हुन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विष्णुप्रसाद गैरे नेतृत्वको प्यानल र नेपाल क्रिकेट संघको अध्यक्षतामा उम्मेदवारी दिएका चतुरबहादुर चन्द नेतृत्वको सबै सदस्यले सफलता पाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा निर्वाचित चन्द नेपाली कांग्रेस बैतडीका उपसभापति समेत हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा गैरेको प्यानलबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भए पछि श्रम, बैदेशीक रोजगार तथा ज्येठ नागरिक मन्त्री गोकर्ण विष्टको आलोचना भएको छ ।
उनले बैदेशीक रोजगारीलाई व्यवस्थित गर्ने नाममा मलेशियामा एक बर्षसम्म नेपाली युवालाई मलेसिया जानबाट रोकेका थिए । त्यसैका कारण बैदेशीक रोजगार व्यवसायीको साझा संगठनमा सत्तारुढ नेकपामा रहेको पुरानो नेकपा एमाले र माओवादीको एकताले समेत कुनै प्रभाव पार्न सकेन ।
नेपाल क्रिकेट संघ –क्यान) को अध्यक्षमा चन्दले आफ्ना प्रत्यासी विनयराज पाण्डलेलाई लज्जास्पद रार चखाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्ष चन्दले पाण्डेलाई पराजित गरेका हुन् ।
५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मतमा चित्त बुझाउनु परेको थियो । १७ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१ मत पाउँदा उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत ल्याएका थिए ।
यस्तै संघको सचिवमा अशोकनाथ प्याकुरेल ४३ र कोषाध्यक्षमा रोशन कुमार सिंह ४५ मत पाएर विजयी भएका थिए । प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे, प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।
महिला सदस्यमा जयन्ती भट्ट एक मात्र उम्मेदवार भएकाले निर्विरोध घोषित भइन । खुल्ला सदस्यमा दुर्गा राज पाठक, बिरेन्द्र वहादुर चन्द, माधव कुमार कर्माचार्य, संजय राज सिंह र करन महोत्रा क्षेत्री निर्वाचित भएका छन् ।
सरकारी हस्तक्षेप अवैधानिक निर्वाचन गराएको भन्दै यस अघि २०७३ सालमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । त्यो बेला पनि चतुर बहादुर चन्द नै अध्यक्ष थिए । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा अनुसार आईसीसीको स्वतन्त्र कमिटिलाई नयाँ नेतृत्व लागि निर्वाचनको म्यानडेट दिएको थियो ।
शनिबारको निर्वाचनसँगै नेपालको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ । दुई साता अघि भएको टे«किङ एसोसिएसनको निर्वाचनमा समेत लोकतान्त्रिक समूहका दुई तिहाई बढी सदस्य विजयी बनेका थिए । त्यस्तै, एक महिना अघि भएको आर्थिक पत्रकार समाजको निर्वाचनमा पनि लोकतन्त्र पक्षधर भिम गौतम विजयी भएका थिए ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...