राजपा संयोजकमा ठाकुर महाधिवेशन टार्ने अभियानमा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

राजपा संयोजकमा ठाकुर महाधिवेशन टार्ने अभियानमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर चयन भएका छन् । ठाकुर राजपा नेपाल संसदीय दलका नेता पनि हुन । २०७४ साल बैशाख ७ गते ६ वटा मधेशकेन्द्रित दल मिलेर गठन भएको राजपामा प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलका ६ जना सदस्यहरु आलोपालो संयोजक हुँदै आएका छन् ।

अध्यक्ष मण्डलको संयोजकको रुपमा राजकिशोर यादवले साउन ६ गतेदेखि नेतृत्व सम्हालेका थिए । करिव डेढ वर्षसम्म अध्यक्ष मण्डलको संयोजक भएर जिम्मेवारी सम्हालेको ठाकुरले गत ५ मंसिरदेखि संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई दिएका थिए । राजपा नेपालले एकताको महाधिवेशन आगामी कात्तिक २८–३० गतेसम्म गर्ने घोषणा गरेको छ ।

राजपा एकीकरण हुनुअघिका मधेश केन्द्रीत ६ दलका अध्यक्षहरु नै हाल राजपा नेपाल अध्यक्ष मण्डलको सदस्य रहने बैधानिक व्यवस्था छ ।

पटक पटक घोषणा हुँदै स्थगित भएको राजापको महाधिवेशनको मिति तोकिए पनि महाधिवेशन स्थल तोकिएको छैन । अझैसम्म कुनै पनि तहको निर्वाचन हुन सकेको छैन । क्रियाशिल सदस्यता वितरण गरेको दाबी गरे पनि हालसम्म कुनै पनि जिल्लाबाट सदस्यताको विवरण आईनकसेको महामसचिव केशव झा बताउँछन् ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच अर्को पार्टी समाजवादी पार्टीसँग एकता गर्ने विषयमा बारम्बार छलफल भइरहेको छ । तर नेतृत्वको विषयमा सहमति नहुँदा औपचारिक वार्ता समेत हुन सकेको छैन । अध्यक्ष मण्डलका संयोजक भएका ठाकुर संसदीय दलका नेता समेत हुन् । उनलाई एकताको महाधिवेशन आयोजक समितिको संयोजक समेत तोकिएको छ ।

समाजवादीको महाधिवेशन पनि अनिश्चित
उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको महाधिवेशन अन्योलमा परेको छ । संघीय समाजवादी फोरमको महाधिवेशन यसअघि बैशाख २८ देखि ३० गतेसम्म तोकिएको थियो तर घोषणा गरिएको महाधिवेशनको लागि तयारी नपुगेको भन्दै महाधिवेशनको मिति सारिएको थियो ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग पार्टी एकता गर्नुअघि फोरमले असोज ७ देखि ९ गतेसम्म महधिवेशनको अर्को मिति तोकेको थियो । संघीय समाजवादी फोरमले महाधिवेशनको मिति असोजमा तोकेपनि नयाँशक्ति पार्टीसँग एकतापछि महाधिवेशनको नयाँ मिति तोकिएको छैन् ।

दुई पार्टीबीचको एकतापछि भ्रातृ संस्था र जिल्ला समितिको समायोजनको काम धमाधम भइरहेको उपमहासचिव प्रकाश अधिकारी बताउँछन् । समाजवादी पार्टीले संगठनको बिस्तार ७७ वटै जिल्लामा पुगेको दाबी गरिएको छ । तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच २३ बैशाखमा भएको उकीकरणपछि २५ वैशाखमा बसेको संयुक्त बैठकले एक बर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सरकारमा सहभागी भएको समाजवादीले संविधान दिवसको दिन दिपावली नगरेको र औपचारिक कार्यक्रम नमनाएको भन्दै पार्टी र पार्टी नेतृत्वमाथि दोहोरो नीति लिएको भन्दै आलोचना भएको थियो । यस्तो बिबादकाबीच समाजवादीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव छोरालाई लिएर अमेरिकातर्फ उडेका थिए । उनी अझै नेपाल फर्किएका छैनन् ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७६ आश्विन १३, ०७: ०२

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०७६ आश्विन १३, ०७: ०२

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०७६ आश्विन १३, ०७: ०२

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...