
काठमाडौं । चीनीयाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु नेपालमै आएर नेपालको सत्तारुढ दल नेकपाका शीर्ष नेतालाई सी बिचारधाराको प्रशिक्षण दिएर फर्किएको एक साता नवित्दै अमेरीक राजदूत ¥याडी बेरीले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाटलाई तिब्रता दिएका छन् ।
सरकारले असंलग्न परराष्ट्र नीति विपरित कुटनीतिक गतिविधि गर्न थालेपछि अमेरिकी राजदूत बेरीको दौडधुप बढेको हो । संघीय लाकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था भएको नेपालका प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताले नै साम्यवादी एकदलिय शासन प्रणाली अपनाएको चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च कमाण्डरसमेत रहेका चिनियाँ राष्ट्रपतिको नाममा चीनले विस्तार गरीरहेको सी जिन पिङको नयाँ विचारधाराको प्रशिक्षण लिएको घटनाले विश्व राजनीतिलाई नै तरंगित गरेको छ ।
चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरीले राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् । काठमाडौंमा सी पथको विषयमा सत्तारुढ दलका नेतालाई प्रशिक्षण दिएको घटनालाई कुटनीतिक षड्यन्त्रको संज्ञा दिएको कांग्रेसले अमेरिकी राजदूत बेरीसँग सभापति शेरबहादुर देउवाले नै भेट्नुलाई गम्भिरतापूर्वक लिन थालिएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवासँग विहिबार बुढानिलकण्ठमा पुगेर नै बेरीले कुराकानी गरेका थिए । देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका बेरीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा गम्भिरतापूर्वक ध्यानाकर्षण गराएका थिए ।
भेटमा बेरीले नेपाल र अमेरिकाबीचको दशकौं लामो मित्रता र सम्वन्धको चर्चा गर्दै सत्तारुढ दलका नेता र प्रधानमन्त्री सहितले एक दलिय राजनीतिक व्यवस्था भएको चिनियाँ कम्युनिष्ट पार्टीको बिषयमा प्रशिक्षण लिएको घटनालाई कसरी लिनुहुन्छ भनेर जिज्ञासा राखेका थिए । भेटमा देउवाले सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिको खुलेर आलोचना, टिप्पणी र असहमति प्रकट गरेका थिए ।
राजदूत बेरीले नेकपा बिदेश बिभाग प्रमुख माधव नेपालसंग पनि विहीबार भेटघाट गरेर पार्टीको दृष्टिकोण मागेका थिए । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सम्झौता गरेको र हालै सि जिन पिङ बिचारधाराको बिषयमा नेकपाका नेताले प्रशिक्षण लिएको घटनालाई अमेरिकाले गम्भिर रुपमा हेरेको छ ।
सरकारले इण्डो प्यासिफिक इनिसिएटिभको विरोध गर्ने र चीनले अघि सारेको रणनीति बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) को पक्षमा खुलेर लागेको विषयमा समेत स्पस्ट हुन भनेका थिए ।
सरकारको पछिल्लो गतिविधिबाट चिढिएका अमेरिकी राजदूत बेरीले चिनियाँ राष्ट्रपति पिङको नेपालमा हुन लागेको उच्चस्तरिय भ्रमणको पूर्वसन्ध्यामा यतिविघ्न चीनप्रतिको झुकाउ हुनुलाई अस्वभाविक रुपमा हेरेको बताएका थिए । नेपालले अमेरिकाले शुरु गरेको इण्डो प्यासिफिक इनिसिएटिभलाई सहयोग नगरे अरु कुनै पनि सहयोगका बिषयमा पुनर्विचार गर्ने चेतावनी दिएका थिए ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...