
नेपालगंज । गुण्डा नाइके ‘चक्रे मिलन’ (मिलन गुरुङ)को समूहका एक युवकलाई प्रहरीले नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको नवौं महाधिवेशनस्थलबाट मंगलबार पक्राउ गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट मानिएका चक्रे मिलन युवा संघको महाधिवेशन भएकै बेला नेपालगञ्ज सोमबार यहाँ आएका थिए। सोमबार एक होटलबाट वाहिरिने क्रममा चक्रे मिलनलाई सुरक्षा प्रदान गरिरहेका गणेशबहादुर बोगटीले होटल वाहिर निस्कने क्रममा हतियार प्रदर्शन गरेका थिए।
टिकटकमा चक्रे मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले बाँकेको चिसापानीका गणेशबहादुर बोगटीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेले युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशस्थलबाट हतियाधारी बोगटीलाई उनको साथबाट प्वाइन्ट टु टु हतियारसहित पक्राउ गरिएको हो। यस सम्वन्धनमा एमाले भ्रातृ संस्था युवा संघले भने कुनै प्रतिक्रिया जनाएको छैन।
बोगटी सोमबार चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य एक दर्जन युवा समेत देखिन्छन्। तीमध्ये बोगटीले हतियार बोकेका थिए।
वसन्त बहादुर कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्ति भएसँगै गुण्डा नाइकेहरु पुनः सल्वलाउन थालेका छन्। प्रहरीले सो हतियार लाईसेन्सप्राप्त भएको दाबी गरे पनि कसको हो भन्ने प्रष्ट पारेको छैन । नेपालको कानूनअनुासर त्यसहरी लाईसेन्स प्राप्त हतियार भए पनि सार्वजनिक रुपमा प्रदर्शन गर्न पाइँदैन ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...