देशको ढुकुटीको रकम बैंकमा राखी व्याज खाने सरकार नै वास्तविक मिटरव्याजी हो –सांसद शाही – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

देशको ढुकुटीको रकम बैंकमा राखी व्याज खाने सरकार नै वास्तविक मिटरव्याजी हो –सांसद शाही

काठमाडौ । प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शाहीले सरकारले मिटरव्याजीको समस्या समाधान गर्छु भने पनि सरकार नै वास्तविक मिटरव्याजी भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय मागेर बोल्दै सांसद शाहीले अहिले सरकारले फिक्स डिपोजिट मात्रै दुई खर्ब ११ अर्ब रुपैयाँ राखेको तर पूँजीगत खर्च नगरी निर्माण व्यवसायीलाई मृत्युवरणमा धकेलिरहेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका शाहीले हाल तीन खर्ब ६२ अर्ब ७७ करोड रुपैयाँ सरकारले बचत खातामा राखेर अहिले ८ दशमलव ५ प्रतिशत व्याज खाइरहेको आरोप लगाए।

उनले सरकारको ढुकुटीबाट झिकेको पैशा कर्मचारी र काम सम्पन्न गरेका निर्माण व्यवसायीहलाई उपलब्ध नगराएर बास्तविक मिटरव्याजीको काम गरेको दाबी गरे।

सरकारले ढुकुटीको रकम खर्च गर्नु पर्ने भन्दै सांसद शाहीले भने, ‘सरकारका कारण हिँजो मात्र जुम्लाबाट काठमाडौं आएका एक सय बढी व्यवसायीहरु बैंकको ब्याज तिर्न नसकेर आत्महत्या गर्ने अवस्थामा पुगेको बताए। यो अवस्थामा वास्तविक मिटरव्याजी भनेको त सरकार हो।

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७९ चैत्र २९, १६: १३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ चैत्र २९, १६: १३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७९ चैत्र २९, १६: १३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...