बैठकस्थलबाट विप्लव नेकपाका नेताहरु पक्राउ – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

बैठकस्थलबाट विप्लव नेकपाका नेताहरु पक्राउ

काठमाडौं । असोज २९ गते राति नेकपाको राप्ति ब्यूरोमा सहभागी भएका नेताहरुलाई पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सूचनाको आधारमा प्रहरीले बैठकस्थल घेरा हालेर सहभागी नेताहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ । बैठकस्थल कब्जा गरेर प्रहरीले विप्लवका दाइसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ । घटनाको बारेमा भने औपचारिक रुपमा जानकारी दिएको छैन । पक्राउ परेका २१ जनाकै नाम अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छ।

जसअनुसार, प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर उर्फ वीरगञ्जसहितका नेता छन् । हाल उनी समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चाजर्ँ एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए ।

यसैगरी राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।

त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७६ आश्विन ३०, ०६: ५६

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७६ आश्विन ३०, ०६: ५६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७६ आश्विन ३०, ०६: ५६

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...