डा. शेखर र गगनले भने– सरकारमा हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

डा. शेखर र गगनले भने– सरकारमा हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र पार्टी महामन्त्री गगनकुमार थापाले आफ्नो पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने बताएका छन्।

डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले चार जना मन्त्री हुने जानकारी गराएका हुन्। छलफलमा उपनिर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराएका थिए।

आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिका विषयमा आजको बैठकमा छलफल भएको थिएन। संस्थापनइतरबाट मन्त्री हुनेको नाम केही दिनमा टुंगाउने जिम्मेवारी पदाधिकारीलाई दिइएको एक सांसदले बताए।

मन्त्रीका आकांक्षीहरुलाई आलोपालो पठाउने विषयमा पनि छलफल भएको थियो। ‘तीन मन्त्री र एक राज्यमन्त्री पाइने कुरा भएको छ,’ बैठकमा सहभागी सांसद सुरेन्द्र आचार्यले भने, ‘उपनिर्वाचनपछि मन्त्री बनाउने कि भन्ने पनि छ ।’ बिहीबारको बैठकमा व्यक्तिका बारेमा छलफल नभएको आचार्यले जानकारी दिए।

उपनिर्वाचनमा दुई क्षेत्र कांग्रेसले जित्नैपर्ने बताउँदै आफ्नो तर्फबाट क्षेत्रबाट खटिन सांसदहरुलाई शेखर र गगनले निर्देशन दिएका थिए । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।

गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् । गत चैत दोश्रो साता मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसको भागमा ८ मन्त्री पाउने भनिए पनि पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षधर ४ जनालाई मात्र मन्त्रिपरिषद्मा पठाएका थिए।

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७९ चैत्र ३०, १४: ००

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ चैत्र ३०, १४: ००

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७९ चैत्र ३०, १४: ००

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...