
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसवुकमा विहीबार स्टाटस पोष्ट गर्दै उनले काठमाडौंको हितमा काम नगर्ने भए अरु पालिकामा सिंहदरबार सारे पनि महानगरवासीलाई कुनै आपत्ति नभएको बताएका हुन् ।
उनले सिंहदरबार वा राजधानी नै सारे पनि आपत्ति नभएको भन्दै आफूहरुलाई काठमाडौंमा राजनीति नभएर सम्पदा, संस्कृति, कला र सभ्यता चाहिएको स्पस्ट पारेका छन् ।
संघीय सरकारले महानगरका कुनै पनि माग नसुनेको भन्दै पाँच दिनअघि सिंहदरबारको फोहोर नउठाउन मेयर बालेनले ठेक्का पाएको कम्पनीलाई निर्देशन नै दिएका थिए।
सोमबार मात्रै मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरको यस्तो निर्णय गैरजिम्मेवार र आपत्तिजनक भन्दै टिप्पणी गरेपछि मेयर बालेनले आफूले सिंहदरबारबो फोहोर नउठाउनुका १४ कारण सार्वजनिक गरेका थिए।
निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर मेयर शाहले कम्पनीका सञ्चालक मित्र घिमिरेलाई सिंहदरबारको फोहोर उठाए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै रोक्न निर्देशन दिएका थिए।
यो घटनाले केन्द्र र संघीय राजधानी काठमाडौंको स्थानीय सरकारबीच चलिरहेको द्वन्द्व सतहमा आएको छ । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले फोहोर उठाउन बन्द गरेको बालेनले बताएका छन् ।
हेर्नुस वालेनको फेसवुकमा पोष्ट गरेको स्टाटस- 
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...