
गाईघाट । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख (मेयर) कालुमान लामाका स्वकिय सचिव देवप्रकाश राईले एक व्यक्तिलाई जागिर लगाई दिने भन्दै डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको छ।
नगरप्रमुखको सचिवालयमा नियुक्ति पाएका देवप्रकाश राईले फोनमार्फत लेनदेन संवाद गरेको अडियो रेकर्ड सार्वजनिक भए लगत्तै मेयर लामाले स्वकिय सचिव राईलाई चैत ३० गते विहीबारको दिनदेखि लागू हुने गरी सेवाबाट हटाई निगरानीमा राखिएको बताएका छन्।
आफ्ना स्वकिय सचिव देवप्रकाश राईले एक व्यक्तिलाई जागिर लगाई दिने नाममा डेढ लाख (एक लाख ५० हजार) रुपैयाँ जम्मा गरेमा नियुक्ति दिलाई दिने भन्दै गरेको बार्गेनिङ सार्वजनिक भएपछि मेयर लामाले राईलाई सेवाबाट हटाइएएको भन्दै बिहीबार नै विज्ञप्ति जारी गरेका छन्।
नगरपालिकामा जागिर गर्न चाहने एक पुरुषले आफूलाई बिहान भेटको व्यक्तिको रुपमा परिचय दिँदै ‘सर आज बैंक छिटै बिदा हुने रहेछ, कतिपैशा ल्याउनु’ भनेर मेयरका पीए राईलाई सोध्छन् । जवाफमा राईले ‘त्यही ढेड लाख त चाहिन्छ’ भन्छन्।
ती युवाले ‘सर, अहिले मसँग ५० हजार रुपैयाँ मात्र छ, भोली ५० हजार ल्याउँछु, हुँदैन?’ भनी प्रश्न गर्छन् । जवाफमा राईले ‘होइन, आज एक लाख दिनुस्, पछि ५० हजार दिनुहोला।’ भन्छन्।
कुराकानीका क्रममा युवाले ‘सर, १० दिनपछि एक लाख रुपैयाँ ल्याउँछु नि’ भन्छन् । जवाफमा मेयरका स्वकिय सचिव राईले भन्छन्,‘कन्फर्म गर्नुस्, त्यस्तो हुँदैन, एक लाख नै चाहिन्छ। जम्मा गर्नु पर्छ अनि मात्र फाईनल हुन्छ, मैले भनेको थिएँ त।’
राईलाई करार सेवाबाट हटाईको र निजलाई निगरानीमा राखी आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने भन्दै मेयर लामाले नगरवासीको सम्मानमा आँच आउने गरी कुनै कार्य गर्न वा हनु नदिने प्रतिवद्धता जनाएका छन्। मेयर लामा नेकपा एमालेको तर्फबाट गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।
हेर्नुस् मेयरले जारी गरेको प्रेस विज्ञप्ति –

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...