
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा हुने निश्चित थियो। तर, उमेशलालले अञ्जनलाई समर्थन गरेपछि अञ्जन सर्वसम्मतले बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।
दिउँसो २ बजेका लागि निर्धारित चुनाव २ घण्टा पछि सारेर प्रतिष्पर्धीबीच सहमतिको प्रयास गरिएको थियो। रिएको थियो। निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गरेको छ।
पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए। ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसअघि महासंघको वरिष्ठ उपाध्यक्षमा तीन वर्षअघि निर्वाचित भएका चन्द्रप्रसाद ढकाल यो कार्यकालमा स्वतः अध्यक्ष बनेका छन्। स्वतः अध्यक्ष बनेका हालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष पदको शपथ लिएका छन्। महासंघको निवर्तमान अध्यक्ष भने शेखरचन्द्र गोल्छा हुन्।
एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।
यी हुन् एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी सदस्यहरु–
नाम मत नाम मत नाम मत
डा. रामशरण थपलिया १४४० नरेशलाल श्रेष्ठ ९१ मोहनप्रसाद श्रेष्ठ ९१
मनोज पौडेल १३७३ लिलेन्द्रप्रसाद प्रधान ८९ प्रयास कार्की ८८
आनन्द कुमार बगेरिया १३६४ हरिबहादुर कार्की ८२ अमरेशन चन्द बैदार ८१
अम्बिका प्रसाद पौडेल १३६३ शिव प्रसाद घिमिरे ८१ ताराबहादुर कार्की ८१
सुनिल नारायण श्रेष्ठ १३४२ अरनिको राजभण्डारी ७६ नवीन रिजाल ७९
सुशील थापा १३२९ डा. सुबोध कुमार गुप्ता ७५ कल्पना गैरे ७७
शैलेन्द्र गुरागाईं १३१५ रविन पुरी ७४ उमेश डालमिया ७३
राजेश कुमार अग्रवाल १३१२ नानीराज घिमिरे ७२ उज्जलप्रसाद कसजु ७२
हेमन्त गोल्छा १३०० भक्तबहादुर हमाल ७२ बेदबहादुर श्रेष्ठ ७२
देशबन्धु बस्नेत १२८४ शोभा ज्ञवाली ७२ अब्दुल बाहित मन्सुरी ७०
अविनाश बोहोरा १२७५ मनोज अधिकारी ६७ मन्जुकुमार श्रेष्ठ (कोजु) ७०
गोपाल खनाल १२६५ कमला श्रेष्ठ ६६ किशोरकुमार आचार्य ६९
उज्वल कुमार श्रेष्ठ ११९१ पशुपतिदेव पाण्डे ६५ केशवप्रसाद भण्डारी ६७
प्रवलजङ्ग पाण्डे ११२८ राजकुमार कार्की ६२ कृष्ण कटुवाल ६७
जुना माथेमा ९९१ पुष्पराज कुँवर ६६
शक्ति कुमार बेगानी ९८८ अनिलकृष्ण श्रेष्ठ ६४
सन्दिप कुमार अग्रवाल ९२५ गोकुल श्रेष्ठ ६४
ऋषी अग्रवाल ८८१ निरक केसी ६३
मुकुन्द प्रसाद तिमल्सिना ८४२
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...