
काठमाडौं । बाक्लो तुवाँलोका कारण पोखरा, भरतपुर र तुम्लिङटारको आन्तरिक गन्तव्यमा पूर्ण रूपमा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान आज आइतबार पूर्णरुपमा बन्द भएको हो।
काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ।
टीआईएको सेडुलअनुसार आज आन्तरिक उडानतर्फ ११५ उडान रहेका छन्। तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको टीआईएले जनाएको छ ।
खराब मौसमकै कारण प्रभावित भएको सिमराको उडान भर्खर मात्र खुलेको छ। अन्य गन्तव्यहरूमा पनि बिस्तारै उडान हुन थालेको छ।
गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको छ। योसँगै गत शुक्रवार र शनिवार पोखराका लागि सबै उडानहरू प्रभावित हुन पुगेको टीआईएले जानकारी दिएको छ। हवाई उडानका लागि कम्तिमा १२ सयदेखि १६ सयको भिजिबिलिटी चाहिन्छ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...