
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेका सवारी चालक दिलबहादुर थापा उर्फ शम्भुको थप उपचारको लागि काठमाडौं स्थित मेडिसिटी अस्पताल भैंसेपाटी लगिएको छ।
रास्वपा सभापति लामिछानेले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जानकारी दिएका छन्।
लामिछानेले ३६ घण्टासम्म भरतपुरस्थित पुरानो मेडिकल कलेजमा सघन उपचार कक्षमा उपचार भए पनि स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेकाले चिकित्सकको सुझाव बमोजिम थप उपचारको लागि काठमाडौं लगिएको बताएका छन् ।
रास्वपा अध्यक्ष लामिछानेले यस्तो पीडाको अवस्थामा राजनीतिक रोटी सेक्नेहरु एक एकलाई चिनाउन पनि चालक थापा छिटो निको हुन जरुरी रहेको भावना व्यक्त गरेका छन्। उनले पुरानो मेडिकल कलेजमा चिकित्सकहरु नभएर भगवानहरु रहेको जनाएका छन्।
वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आइतबार साँझ तनहुँबाट चितवन आफ्नो घरमा बास बसेका लामिछानेका चालक थापा घरको सबैभन्दा माथिल्लो तलामा सुतेको र सोमबार बिहान पौने ४ बजे छतबाट खसेर घाईते भएका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
यस्तो छ सभापति लामिछानेको स्टाटस – 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...