
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद तथा केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई १२ अघिको घटनालाई लिएर प्रहरीले गिरफ्तार गरेको घटनालाई सरकारद्धारा कांग्रेसमाथि पूर्वाग्रही व्यवहार भनेर दिएको अभिब्यक्तिलाई सच्याएका छन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासहित अन्य युवा नेताहरुले स्वतन्त्र ढंगले छानबिन गरी दोषी भएमा आफ्नै पार्टीका नेतालाई पनि उन्मुक्ति दिन नहुने भन्दै दोषीलाई कारबाहीको माग गरेपछि सभापति देउवा आफ्नो भनाई सच्याउन बाध्य भएका हुन् ।
१४ व्यक्तिको हत्या गरेको आरोप लागेका रौतहट २ का सांसद मोहम्मद अफताब आलमलाई घटनाको छानबिन गरी दोषी पुष्टी भए कानुनअनुुसार कारबाही गर्नु पर्ने माग प्रवक्ता शर्मासहित केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, गगनकुमार थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतले गरेका छन् । उनीहरुले दोषीलाई संरक्षण गर्ने पक्षमा काँग्रेस कहिल्यै नउभिने भन्दै
अनुसन्धानबाट निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैद्धारा सघाउन सामाजिक सञ्जाल र संचार माध्यममार्फत आग्रह गरेका हुन् ।
काँग्रेस सांसद आलमलाई प्रहरीले पक्राउ परेको विरोधमा शुक्रबार र शनिबार रौतहटमा कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेपछि काँग्रेस नेताहरुले छानविनमा अवरोध नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । प्रवक्ता शर्माले आलम पक्राउ प्रकरणको निस्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुने कांग्रेसको केन्द्रीय धारणालाई रौतहट कांग्रेसले पनि अनिवार्य अनुशरण गर्ने उल्लेख गरेका थिए ।
अर्का केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले निस्पक्ष छानविन गरी सवैलाई आम नागरिक सरह कारबाही गर्न माग गरेका थिए भने गगन थापाले कानुन अनुसार छानबिन र कारबाही गर्नुपर्ने भन्दै पात्र र परिस्थिति हेरेर धारणा बन्दैन र बदलिँदैन भनेका थिए ।
सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा १२ वर्षअघिको मुद्दा ब्युँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाएका थिए । तर, सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिको अपव्याख्या भएर अन्यौल तथा अस्पष्टता सिर्जना भएको बताएका थिए ।
आफुले गम्भिर मुद्दामा ढिलासुस्ती हुँदा सत्यतथ्य अनुसन्धान गरि निर्दोष या दोषी पहिचानमा वाधा उत्पन्न हुने बताउन चाहेको भन्दै देउवाले आलममाथिको मुद्दामा कांग्रेसले पनि सहयोग गर्ने बताइएको हुन् । ‘कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धाको विपक्षमा उभिन सक्दैन । मोहम्मद अफताव आलम माथिको मद्दामा कुनैपनि पूर्वाग्रह र दबाबमुक्त अनुसन्धानमा नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष दण्डित नहुने र दोषीले उन्मुक्ति पाउनु नहुने हाम्रो स्पष्ट मान्यता हो’ विज्ञप्तीमा उल्लेख छ ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...