
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी समायोजनमा ढिलाई भएको थियो । झन्डै दुई सयको हाराहारीमा रहेका ल्याव असिस्टेनको बाहेक करिब २७ हजार बढी विभिन्न पद तथा समूहका स्वास्थ्यकर्मीहरूको लगभग सकिएको मन्त्रालयले बताएको छ ।
स्वास्थ्यका कर्मचारीको समायोजनमा भएका कर्मचारीहरूका अनुसार समायोजन भएको स्थानीय तहमा हाजिर गर्न नपाएको भन्दै मन्त्रालय धाएर बसेका छन् । कर्मचारी समायोजनका समयमा सामान्य प्रशासन मन्त्रालयले खटाएका ठाउँमा समस्या आएको मन्त्रालयले जनाएको छ । ‘समायोजनका नाममा दरबन्दीभन्दा धेरै कर्मचारी शहरी क्षेत्रहरूमा भएका छन् ।
अझै धेरै पालिकाहरूले कर्मचारीलाई हाजिर गराउन मानेको छैन भने कतिपय पालिकाले भने दरबन्दीभन्दा धेरै कर्मचारी भएको भन्दै तलब खुवाउने सुनिश्चिता मन्त्रालयले दिएमा मात्र हाजिर गराउन सक्ने व्यहोराका चिठी नै पठाउन थालेको अवस्था छ ।
ललितपुर, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, चितवनजस्ता शहरी क्षेत्रमा पुगेका कर्मचारीलाई स्थानीय पालिकाले हाजिर गर्न नदिएको गुनासो लिएर कर्मचारीहरु मन्त्रालय धाउन थालेका छन् । नेपालगञ्ज उपमहानगरले पठाएको चिठी समायोजनमा असन्तुष्ट कर्मचारीहरू समस्या समाधान हुने आशमा दिनभर मन्त्रालयमा रुमल्लि रहेका छन् ।
तर, स्वास्थ्यका उच्च पदाधिकारहरू भने सामान्य प्रशासन मन्त्रालयले सेवा सञ्चालन गर्ने मन्त्रालयसँग समन्वय नगरी समायोजन गर्दा यस्ता समस्या निस्केको बताउँछन् । स्वास्थ्यमा रहेका २७ हजार ५ सय कर्मचारी मध्ये ८ हजारले समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन् । करिब २७ हजार स्वास्थ्यको कर्मचारीको समायोजन भएकोमा संघमा २७ सय, स्थानीय तहमा २२ हजार र अरू सबै प्रदेशस्तरमा समायोजन भएको समेत मन्त्रालयले जनाएको छ ।
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रहरीका अनुसार...